आईपीएलमा नयाँ रकेर्ड, जसमा यूसुफ गर्व गर्न सक्दैनन्
इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलमा बुधबार नयाँ रेकर्ड बनेको छ । कोलकत्ता नाइट राइडर्सका यूसुफ पठानको नाममा बनेको यो रेकर्डमा उनी गर्व गर्न सक्दैनन । ब
रू भुल्न चाहन्छन् । आईपीएलमा पहिलो पटक कुनै पनि खेलाडी फिल्डरलाई अवरोध गर्ने प्रयास गरेकोमा (अब्स्ट्रक्टिङ द फिल्ड) आउट भएका छन् । पुणे वारियर्सविरुद्धको खेलमा रन लिने प्रयासमा यूसुफले बललाई गोडाले हाने, जतिबेला फिल्डर बल नियन्त्रणको प्रयासमा थिए । एम्पायरले थर्ड एम्पायरको सल्लाहमा यूसुफलाई आउट दिएका हुन् । खेलमा कोलकत्ता पुणेसँग ७ रनले पराजित भएको छ । जसमा यूसुफको विकेट महत्वपूर्ण रहृयो । उनले ४४ बलमा ७२ रन बनाएका थिए । अन्तराष्ट्रिय क्रिकेटमा पटक पटक अब्स्ट्रक्टिङ द फिल्डमा आउट दिने गरिन्छ । टेष्ट क्रिेकटमा लेन हटन अब्स्ट्रक्टिङ द फिल्डमा आउट हुने एक मात्र खेलाडी हुन् । सन् १९५१ मा अ दक्षिणअफि्रकाविरुद्धको टेष्ट म्याचका दौरान यस्तो भएको थियो । एकदिवसीयमा चार खेलाडी यसको शिकार भएका छन्, जसमा ३ पाकिस्तनी र एक भारतीय छन् ।
0 comments
Write Down Your Responses