झण्डै ७ करोड क्षतिपूर्ती पाउने गोविन्द मैनालीले !
१० जेठ, टोक्यो । एक जापानी महिलाको हत्याको अभियोगमा १५ वर्ष जेल जिवन विताएका नेपाली नागरिक गोविन्दप्रसाद मैनालीले क्षतिपूर्ती पाउने भएका छन् । मैनालीलार्इ जापान सरकारले क्षतिपूर्ती वापत ६ करोड ८० लाख जापानी येन उपलब्ध गराउने भएको जापानवाट सञ्चालित न्यूज पोर्टल टोक्यो नेपाल डटकमले जनाएको छ ।
जापानको कानूनमा निर्दोष सावित भए क्षतिपूर्ति दैनिक एक हजारदेखि १२ हजार येनसम्म
हुनसक्ने व्यवस्था छ । हत्या आरोपमा जेल चलान भएका मैनाली निर्दोष ठहर
भएपछि टोकियो अदालतले जापान सरकारलाई यस्तो आदेश दिएको हो । गत जुन १५
तारिखमा निर्दोष सावित भइ जुन १७ तारिखमा मैनाली १७ वर्षपछि नेपाल फर्किएका
थिए । एक जापानी महिलाको हत्या गरेको अभियोगमा उनलाई सन् १९९७ मा पक्राउ
गरी जेल चलान गरिएको थियो ।
४२ वटा नमुनाको डीएनए परिक्षण गर्दा
कुनैपनि मैनालीसँग नमिलेपछि टोक्यो उच्च अदालतको आदेशमा मैनाली जेलमुक्त
भएपछि गत जुन १५ मा नेपाल फर्किएका थिए । आफू निर्दोष रहेको दावी सहित
मुद्दा पनरावलोकन गर्न मैनालीले टोक्यो अदालतमा निवेदन दिएपछि त्यसउपर
सुनुवाइ गर्दै टोक्यो उच्च अदालतले गत जुन ७ मा जेलमुक्त गरी मुद्दा
पुनरावलोकनका लागि आदेश दिएको थियो ।
टोक्यो इलेक्ट्रीक पावर कम्पनीकी ३९
वर्षीया एक महिला कर्मचारीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा जेल चलान
गरिएको थियो । सन् २००३ मा उच्च न्यायलयमा उनी विरुद्ध मुद्दा दायर गरिएको
थियो भने टोक्योको उच्च न्यायलयले २००५ मा उनलाई दोषी ठहर गर्दै आजीवन
काराबासको फैसला सुनाएको थियो ।
|
0 comments
Write Down Your Responses