मलेसियालाई सात विकेटले हराउँदै नेपाल समूह विजेता !

काठमाडौँ - मलेसियामा भइरहेको एसिसी यु १९ इलिट कपमा आयोजकलाई सात विकेटले पराजित गर्दै नेपाल समूह विजेता बन्दै उपाधिका लागि भिड्ने भएको छ।

१५२ बल बाँकी छँदै मलेसियालाई पराजित गरेसँगै नेपाल समूह बीको शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो। नेपाल र मलेसिया दुवै यो खेलअघि नै फाइनलमा पुगिसकेका थिए। 
यसअघिको खेलमा ह्याट्रिक गरेर सनसनी मच्चाएका अविनाश कर्णले आजको खेलमा पनि ६ विकेट लिएपछि टस जितेर ब्याटिङ रोजेको मलेसिया २२.४ ओभरमै ६९ रनमा समेटिएको थियो। 
भुवन कार्कीले दुई र यज्ञमान कुमाल तथा सुशान्त भारीले एक-एक विकेट लिए।
७० रनको लक्ष्यका साथ ब्याटिङमा उत्रिएको नेपाली टोलीका तर्फबाट हरिशंकर शाहले अविजित २८, विवत्सु थापाले १७, अमित श्रेष्ठले १० निश्चल पान्डेले ७ र निर्मल थापाले ३ रन बनाए।  
फाइनलमा नेपालले युएई वा साउदी अरेबियासँग खेल्नेछ। 
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.