केटीहरुले कहाँ कहाँ टाटु खोपाउन लागे !

धेरै भयो टाटुले सौन्दर्यका अरू उपायको ठाउँ लिन थालेको । व्यक्ति-व्यक्तिका हातपाखुरामा खोपिँदै आएको टाटु विस्तारै मानव शरीरका संवेदनशील अंगमा समेत पुग्न थाल्यो । यस काममा युवायुवती अझै अग्रसर भइरहेकै छन् । कतिसम्म भने, कुनै समय सामान्य टाटु हान्न लजाउनेहरू पनि अचेल शरीरको जुनसुकै अंगमा पनि टाटु बनाउन हिचकिचाउँदैनन् । हालैको दिन पोखरास्थित गगन टाटु हाउसमा एक युवती कमरमा पुतली बनाउँदै थिइन् । 'सेक्सी देखिन टाटु हानेको नि,' आफ्नो परिचय खुलाउन नचाहने उनले कुटिल मुस्कान छर्दै भनिन् । 

उनी मात्र हैन, फेसनेवल सहरका तन्नेरीले स्टाइलिस्ट पहिरनसँगै कामुकता झल्काउन पिँठ्यु, हिप लगायत शरीरका विभिन्न भागमा टाटु हान्ने चलन विकास गर्दै लगेका छन् । दशकदेखि धेरै युवायुवतीलाई टाटु कलाले सिगार्दै आएका टाटुकार गगन थापाका अनुसार, आजभोलि यस्ता अंगहरूमा टाटु खोपाइ सामान्य हुँदै गएको छ ।

'टाटु कसरी राम्रो बनाउने भन्नेतिर नै हाम्रो ध्यान केन्दि्रत हुन्छ,' उनले भने, 'यो एउटा कलात्मक शृंगार हो । जुन अंगमा खोपाउनुभयो, त्यसमा सौन्दर्य थपिन्छ ।'

टाटुकै लोकपि्रयता बढेपछि पोखरासँगै काठमाडौं ठमेलमा समेत टाटु हाउस खोलेर टाटु कला फैलाउन व्यस्त छन् उनी । उनका अनुसार पछिल्लोपटक युवतीहरू प्रायः छाती, पिँठ्यु, ढाड, हिप लगायत अंगमा बढी टाटु हान्ने गर्छन् । युवकहरूचाहिँ पिँठ्यु, छाती र पाखुरामा बढी रुचाउँछन् ।

टाटु कलाका अर्का 'उस्ताद' सिद्धजंग गुरुङले अचेल फेसनको रूपमा शरीरको संवेदनशील अंग आसपास टाटु खोप्न रुचाउनेहरू बढ्र्दै गएको सुनाए । अहिले संवदेनशील अंगका छेउछाउ टाटु हान्ने फेसन नै भएको छ,' उनले भने, 'आकर्षक र लुक्सलाई नयाँ शैलीमा ढाल्न टाटुको यो कला अहिले चल्तीमा छ ।' सियोको घोचाइ सहेर शरीरलाई आकर्षक देखाउने यो अनौठो सौखको फेसनले धेरै युवायुवतीलाई लठ्ठाएको उनको दाबी छ ।

पोखरामा अहिले टाटुप्रति बढेको क्रेजसँगै एक दर्जन टाटु हाउसहरू पनि खुलेका छन् । वर्षेनि राजधानीमा अन्तर्राष्ट्रिय टाटु फेस्टिभल समेत हुँदै आएको छ । गुरुङ हेन्डसम सैलुन तथा टाटु हाउस सञ्चालन गरेका शम्भु लिम्बूलाई पनि टाटु हान्ने युवायुवतीहरूको भीडले फुर्सद कम मिल्छ ।

युवायुवतीले अरूले नबुझून् भनेर आफ्ना प्रेमीप्रेमिकाको नाम कोरियन, जापानिज, चाइनिज लगायतका भाषामा खोपाउने गरेको पनि उनले बताए ।

'शरीर सिंगार्न,' उनले भने, 'उनीहरू हजारौं रुपैयाँ खर्चन तयार हुन्छन् ।'
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.