श्रीमतीको योनीमा ताल्चा लगाउनेलाई दश वर्ष कैद

नयाँ दिल्ली । चरित्रमा शंका लागेपछि चार वर्षसम्म श्रीमतीको गुप्ताङ्गमा चाबी लगाउने एक ३८ वर्षीय अटो मेकानिक सोहनलाल चौहनलाई भारतको मध्यप्रदेश राज्यको इन्दौर अदालतले दश वर्षको कैद सजाय सुनाएको छ। अदालतले उनलाई एक हजार भारतीय रुपैयाँ बराबरको ज

hqdefault
पिडित महिला
रिवानासमेत तोकेको छ । सोहनलालले आफ्नी श्रीमतीको योनीमा धारिलो हतियारले प्वाल पारेर ताल्चा लगाई असैह्य शारीरिक र मानसिक यातना दिएको प्रमाणित भएको अदालतले जनाएको छ । यातना सहन नसकेर सन् २०१२ मा १६ जुलाईमा ती महिलाले मुसा मार्ने औषधी सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । जाँचका क्रममा चिकित्सकले जनेन्द्रीयमा ताल्चा झुढड्याएको फेला पारेपछि प्रहरीमा खबर गरेका थिए । त्यसपछि पक्राउ परेका सोहनलालविरुद्ध स्थानीय अदालतमा मुद्दा चलेको थियो । यति हुँदाहुँदै पनि पीडित पत्नीले पछि बयान फेरेर श्रीमानलाई जोगाउन खोजेकी थिइन । तर, चिकित्सक र प्रहरीले जुटाएको प्रमाणका आधारमा अदालतले फैसला सुनाएको हो । चार वर्षअघि श्रीमानले गाजा सेवन गराएर बेहोस पारेपछि योनीमा प्वाल पारेर ताल्चा लगाइदिएको उनले चिकित्सकलाई बताएकी थिइन् । श्रीमानले बेलाबेलामा ताल्चा लगाउने र खोल्ने गरेको उनले बताएकी थिइन् । योनीमा संक्रमण भएर हुने दुखाई कम गर्न उनले श्रीमतीलाई अफिम खुवाउने गरेका थिए । प्रहरीले योनीमा लगाएको ताला खोेलेको थियो । सोहनलालले बिहान काममा जानुअघि पत्नीको योनीमा ताल्चा लगाउने र फर्केर आएपछि खोल्ने गरेका थिए । त्यसको साँचो भने उनीसँगै लिएर जाने गरेका थिए । समाजमा निकै असल र सभ्य छवीका सोहनलालले यस्तो गर्लान् भन्ने कल्पनासम्म छरछिमेकले गरेका थिएनन् । तर, उनी आफ्नी श्रीमतीलाई वरपरका सबै पूरुष खराब र आफूमात्र असल भएको र अरुसँग नबोल्न भन्दै घरमा लगभग बन्दी बनाएरु राखेको खुलासा भएको थियो । सोहनलाले श्रीमतीले बोल्न खोज्ने जोसुकै पुरुषका बारेमा चरित्रहत्या हुने गरी काल्पनिक कथा बनाएर सुनाउने गरेका थिए । उनको कुराले त्रसित वरिपरिका पुरुषसँग बोल्न नपरोस भनेर टाउको तल गरेर वा टाढैबाट हेरेर अर्कोतिर मुख फर्काउँदै हिड्ने गरेकी थिइन् । सोहनलालले ‘तिमीसँग बोलिरहेको फलानो मान्छे त खराब चरित्रको छ’ भन्दै पत्नीलाई डर देखाउने गरेका थिए । सोहनलाल कुनै मानसिक रोगको शिकार भएको हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । एजेन्सी
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.