गङ्नमस्टाइल डान्स गर्दै गिलक्रिस्टको आइपिएल यात्रा अन्त्य (भिडियो सहित)

गङ्नमस्टाइल डान्स गर्दै गिलक्रिस्टको आइपिएल यात्रा अन्त्य (भिडियो सहित)(votes)
धर्मशाला - किंग्स इलेभन पञ्जाबले मुम्बइ इन्डियन्सलाई ५० रनले पराजित गरी आइपिएलको यात्रा टुंग्याएसँगै एडम गिलक्रिस्टको रंगिन खेलजीवनमा पूर्णविराम लागेको छ। यसअघि नै अन्तरार्ष्ट्रिय क्रिकेट टुंग्याइसकेका गिलक्रिस्ट यस सिजनको आइपिएल अन्तिम भनेका थिए। अन्तिम खेलको पहिलो विकेट ढालेपछि उनले 'गङनम स्टाइल'शैलीको उत्सब मनाए।

उनले अन्तिम बलिङ गर्दै पहिलो बलमै हरभजन सिंहलाई आउट गरे। हरभजनलाई आउट गरेसँगै गिलक्रिस्टले 'ग्याङनेम स्टाइल' शैलीमा डान्स गरेका थिए। विजयका बाबजुद पञ्जाब प्लेअफमा पुग्न सकेन। अघिल्लो दिन सनराइजर्स हैदरवादले राजस्थान रोयल्समाथि विजय पाएसँगै पञ्जाबको झिनो आशा समाप्त भयो। 

१ सय ८४ रनको लक्ष्य पाएको मुम्बइ १ सय ३३ रनमा समेटियो। अम्बाती रायडुले २६कप्तान रोहित शर्माले २५ रन तथा कइरन पोलार्ड र आदित्य तारेले समान २२ रन बनाए। पञ्जाबका अजहर महमुद, सञ्दीप शर्मा र पीयूस चावलाले २-२ तथा प्रविण कुमार र परविन्दर अवनाले १-१ विकेट लिए।

महमुदको विस्फोटक इनिङ्ससँगै पञ्जाबले ८ विकेट गुमाइ १ सय ८३ रन बनायो महमुदले ४४ बलमै ८० रन बनाए उनले ८ चौका र ४ छक्का प्रहार गरे। अर्का विदेशी खेलाडी शन मार्शले ६३ रन बनाए। उनले ४७ बल खेल्दै ११ चौका प्रहार गरे। मनन भोहरा ८ बलमै २० रन बनाइ अविजित रहे। मुम्बइबाट लासिथ मालिङ्गाले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए। यही क्रममा मालिङ्गा आइपिएलमा १ सय विकेट लिने पहिलो खेलाडी बने।

शुक्रबार राजस्थान रोयल्सविरुद्ध जुझारु प्रदर्शन गरेको हैदरवादले २३ रनको विजय पाउँदै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको थियो।

0 comments

Write Down Your Responses

Powered by Blogger.