समाचार
»
कर नतिर्ने ठूला होटल बन्द !
कर नतिर्ने ठूला होटल बन्द !
३० वैशाख, काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले सञ्चालनमा आएदेखि नै घरजग्गा कर नबुझाएका ठूला होटल ३५ दिन भित्र पनि पूर्ण विवरण सहति कर तिर्न नआए बन्द गर्ने भन्दै अन्तिम मौका दिएको छ । यसअघि पटक पटक पत्राचार गर्दा पनि अटेरी गरेपछि महानगरले पुनः पत्राचार गरी ‘अन्तिम’ चेतावनी दिएको हो । महानगरका राजस्व महाशाखा प्रमुख राज्इ प्रकाश प्रधानांगले घरजग्गा कर ऐन २०११ को दफा ४ (३) अनुसार पत्र काटिएको जानकारी दिए । यो दफाले कर नतिरेको अवस्थामा जुनकुनै संरचना बन्द गर्न सक्ने अधिकार महानगरलाई दिएको छ । उनका अनुसार महानगरभित्र सञ्चालित पाँचतारे अन्नपूर्ण र सोल्टी बाहेक कुनै पनि होटलले घरजग्गा विवतरणसमेत दाखिला गरेका छैनन् । कर तिर्न वेवास्था गर्ने होटलहरुमा र्याडिसन, मल्ल, शंकर, एभरेस्ट, द्वारिका, याक एन्ड यती, हायात, रोयल सिङ्गी, सांगि्रला, ज्ञानजोङलगायतका रहेको कारोबार दैनिकमा खबर छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses