ग्यास कार्ड बनाउनुभो ? सिलिन्डर नपाइएला नि !

के तपाईले खाना पकाउने एल.पी. ग्यासका लागि उपभोक्ता कार्ड बनाउनुभयो ? यदि बनाउनुभएको छैन भने आउँदो असारदेखि तपाईको चुलोमा ग्यासको सिलिन्डर नपुग्न सक्छ । किनभने आयल निगमले असार १ गतेदेखि कार्ड नभएका उपभोक्तालाई ग्यास नदिने भन्दै अहिल्यैदेखि सचेत गराउन थालेको छ ।gas-card
एल.पी. ग्यासमा घाटा बेहोर्दै आएको नेपाल आयल निगमले घाटा कम गर्न र ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन दूईथरि मूल्यका रातो र नीलो रङका सिलिण्डर प्रयोगमा ल्याउँदैछ । निगमले व्यावसायिक प्रयोजनका लागि नीलो र घरायसी प्रयोजनका लागि रातो सिलिण्डर प्रयोगमा ल्याउने भएको छ । सरकारले रातो रङको सिलिण्डरमा सहुलियत दिने र नीलो रङको सिलिण्डर परल मूल्यमा बिक्री गर्ने योजना बनाएको छ ।
अहिल्यैदेखि कार्ड बनाउनुपर्ने
निगमले छिटो भन्दा छिटो नजिकको डिलरमा गएर कार्ड लिन उपभोक्ताहरुलाई आग्रह गरेको छ । असार १ गतेदेखि कार्ड नलिई ग्यास खरिद गर्न आउने उपभोक्ता एवं व्यवसायीलाई ग्यास बिक्री नगर्ने बताइएको छ । अहिले ग्यास उद्योग र ग्यास विक्रेताहरुले उपभोक्तालाई कार्ड वितरण गर्ने काम धमाधम गरिरहेका छन् । निगमले मापदण्ड पूरा गरी प्रमाणित भएका ग्याँस बिक्रेताहरुलाई मात्रै ग्यास बिक्री गर्न निर्देशन दिएको छ । यसैवीच नेपाल आयल निगम, आपूर्ति, वितरण तथा एभिएशन विभागले ग्यास उपभोक्ताहरुले समयमै आफ्नो नजिकको ग्यास बिक्रेताकहाँ गएर ग्यास कार्ड बनाउन उर्दी गरेको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.