चुनावको मिति तोक्न सरकार आतुर छ : रेग्मी

काठमाडौं- चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सरकारको एकमात्र चाहना निर्वाचन गराउनु रहेको बताएका छन्। उनले दलहरुसँग निर्वाचनसम्बन्धी कानुनमा सहमति जुटाउने प्रयास भइरहेको बताए। 'जति सक्दो छिटो चुनावको मिति तोक्न सरकार आतुर छ,' रिपोर्टस् क्लबको ज्ञापन पत्र बुझ्दै अध्यक्ष रेग्मीले भने, 'दलहरुसँग कानुनी प्रकृयामा सहमति जुटेपछि सरकारले तत्‍काल मिति तोक्छ।' उनले हालको राजनीतिक संकट निर्वाचनले नै निकास गर्ने भएकाले यो निर्वाचनमा सबैभन्दा धेरै सहभागिता र समावेशिता हुनु जरुरी रहेको बताए। 'यो निर्वाचनमा सबैभन्दा धेरै सहभागिता गराउन सरकार उद्यत छ,' उनले भने, 'सकारले यसका लागि दलहरुसँग मिलेर छिटोभन्दा छिटो मिति तय गर्नेछ।'

0 comments

Write Down Your Responses

Powered by Blogger.