‘चिना हराएको मान्छे’लाई संसारभर पढ्न पाइने

९ जेठ, काठमाडौं । चर्चित अभिनेता एवं हास्यव्यंग्यकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ संसारभरका नेपालीभाषीले पढ्न पाउने भएका छन् । विश्वको सबैभन्दा ठूलो अनलाइन स्टोर अमेजनमार्फत यो पुस्तक पढ्न पाइने प्रकाशक फाइनपि्रन्टले जनाएको छ । भर्खरै बिक्रीका लागि राखिएको उक्त पुस्तक अमेजनमा किन्न पाइने नेपाली भाषाको पहिलो कृति हो । ‘अन्तर्राष्ट्रिय अनलाइन स्टोरमा नेपाली पुस्तकको उपलब्धतापछि नेपाली पुस्तकको बजारले फड्को मार्नेछ, जसबाट नेपाली लेखक र प्रकाशक दुवै लाभान्वित हुनेछन्’ फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत निरज भारीले भन्नुभयो -’विदेश बस्ने नेपालीको संख्या करोडजस्तो छ । तर तिनको पहुँचमा हामी पुग्न सकिरहेका थिएनौँ । अमेजनमार्फत हामी ती पाठकसम्म पुग्न सक्ने भएको छौ, यो नेपाली प्रकाशन उद्योगको ठूलो उपलब्धी हो ।’ यो पुस्तक अमेजनमा २३.८५ डलर र ३९८ भारुमा किन्न सकिनेछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.