निर्मल निवासका सुरक्षा गार्ड पक्राउ
अबैध सम्बन्ध र लेनदेन पछि ‘सुन्तली’को हत्या
काठमाडौं, ९ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाहको महाराजगञ्जस्थित निर्मल निवासका सुरक्षा गार्ड सशस्त्र प्रहरीका जवान हत्या अभियोगमा पक्राउ परेका छन् ।२५ वर्षीय कृष्णबहादुर बरामले अबैध सम्बन्ध पछि सर्लाही जिल्ला लालबन्दी–७ स्थायी घर भएकी ४२ वर्षीय सुन्तली माया लामाको हत्या गरेका हुन् । महाराजगंज बस्दै आएकी सुन्तलीलाई कृष्णले आफ्ना साथी २६ वर्षीय पूर्णबहादुर बरामसँग मिलेर हत्या गरेको प्रहरीले जनाएको छ ।
कृष्ण र पूर्णको स्थायी घर गोरखा जिल्ला आरुआरवाङ गाविसमा पर्छ । कृष्ण सशस्त्र प्रहरी वल निलबराही गण बलम्बु दरवन्दी भई निर्मल निवासमा सुरक्षा गार्डमा कार्यरत थिए । पूर्ण भने छाला फ्याक्ट्री बुढानिलकण्ठमा काम गर्दै आएका छन् ।
सन्तलीसँगको अवैध सम्बन्ध तथा पैसाको लेनदेनको बिषयमा विवाद उत्पन भएपछि बुढानिलकण्ठ–६ स्थित चिस्यानीको जंगलमा लगेर जेठ–६ गते राति घाँटी थिचेर हत्या गरेको प्रहरी भनाई छ । हत्या पछि उनीहरुले सुन्तलीको टाउको तथा अनुहारमा ढुंगा प्रहार गरेका थिए ।
सुन्तलीको हत्या गरेर फरार सशस्त्र प्रहरीका जवान कृष्ण जेठ–८ गते गोरखा आरुआरवाङ–८ स्थित घरबाट पक्राउ परेका हुन् । पूर्णलाई बुढानिलकण्ठ जुत्ता फ्याक्ट्रीबाटै पक्राउ गरिएको थियो
|
0 comments
Write Down Your Responses