चराले माछा मार्ने चिनिया माझीहरु (फोटोफिचर सहित)
चीनको ग्वांग्जी झुआङ क्षेत्रका माझीहरुको परम्परागत मौलिक विशेषता निकै अचम्मको छ । उनीहरु बेलुकी तालिमप्राप्त चरा र लालटिन सहितको डुंगा लिएर नदिमा जान्छन् र माछा मार्छन् । निकै संग्लो नदीको पानीमा डुंगाको लालटिनको प्रकाशले पारेको छायाँ र गोधुलीको सुन्दरताले माछा मार्ने माझीहरुको दृश्य अति नै सुन्दर हुन्छ । यी दृश्यहरु यस्तै तिनजना माझीहरुका हुन् जो ली नदिमा साँझमा माछा मारिरहेका छन् ।
यी माझीहरुले माछा मार्न कुनै जाल, चारो तथा अरु सामान लगेका हुँदैनन् मात्र उनीहरुसँग केवल डुंगा, लालटिन र चरा हुन्छ । तालिमप्राप्त चराहरु नदिमा फुत्त जान्छन् र माछा टपक्क टिपेर ल्याउँछन् र माझीलाई दिन्छन् । यी तालिमप्राप्त जलचराले पक्रेका माछा खाइदेलान् भनेर उनीहरुको घाँटीमा केही वस्तु झुण्डाइदिएको हुन्छ । हेरौँ चराले माछा मार्ने चिनीया माझिहरुको दृश्य
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses