जुत्ताको सोलमा १७ किलो सुन


काठमाडौं– तिब्बतबाट स्थलमार्ग हुँदै तस्करी गरिएको १७ किलो सुनसहित चार जना पक्राउ परेका छन्। जुत्ताको सोलमा लुकाएर ल्याएको सुनसहित जोरपाटीबाट नाम्ग्याल शे
र्पा, सोनु शेर्पा, ज्ञानु शेर्पा र सोनम शेर्पालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। पछिल्लो समय सुन तस्करहरुले हवाई मार्ग छाडेर तातोपानी–खासा स्थलमार्गको प्रयोग गर्दै सुन तस्करी गर्दै आएका थिए। सुन र विदेशी मुद्रा तस्करीमा त्रिभुवन विमानस्थलमा खटिएका दुई प्रहरी र एसएसपी रविराज श्रेष्ठ बर्खास्त भएर विमानस्थलको सेटिङ भत्किएपछि कारोबारी स्थलमार्गमा सक्रिय भएका थिए। स्रोतका अनुसार उनीहरु तातोपानीबाट कोटेश्वरसम्म सुपर एक्सप्रेसको गाडीमा आएका थिए। कोटेश्वरवाट बौद्धसम्म ट्याक्सीमा पुगेका उनीहरुबारे सूचना पाएको काठमाडौं परिसरको विशेष टोली पुगेर सुन र तस्करीमा संलग्न सबैलाई पक्राउ गरेको छ। राजधानीभित्र तस्करीको सुन फेला परेको यो दोस्रो पटक हो। यसअगाडि ठमेलमा पाँच किलो सुनसहित सहयोगी पक्राउ परेका थिए। तर कारोबारी अहिलेसम्म पक्राउ परेका छैनन्। खासाबाट गाडीमा राखेर ल्याइएको सात किलो सुन काभ्रे प्रहरीले बरामद गरेको थियो।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.