महिनामा साझाको साढे ६ लाख नाफा


काठमाडौं – १२ वर्षपछि पुनः सञ्चालित साझा बसले वैशाख महिनामा साढे ६ लाख नाफा कमाएको छ। यस अवधिमा ३८ लाख २६ हजार १ सय ५६ रुपैयाँको टिकट बिक्री भएकोमा कर्मचारीको तलबभत्ता र तेल खर्च कटाएर ६ लाख ५६ हजार ७ सय ८ रुपैयाँ नाफा कमाएको साझाले जनाए
को छ। २०७० वैशाख १ देखि नियमित सेवा दिन थालेको साझाले एक महिनामा २ लाख ६८ हजार ५ सय ८२ जनालाई सेवा प्रदान गरेको छ। राजधानीबासीले साझा बसलाई माया गरेको साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले बताए। साझाले सुरुदेखि नै यात्रुको मन जितेको र आउँदा दिनमा पनि स्तरीय सेवा प्रदान गरिने उनको भनाइ छ। साझाको रुट विस्तार गर्न यात्रुबाट माग आए पनि हाल त्यस्तो योजना नरहेको पाण्डेले जनाए। साझाले उपत्यकाका दुई रुटमा १६ बस सञ्चालन गर्दै आएको छ। कमजोर व्यवस्थापनका कारण साझा बसले २०५८ सालमा सेवा बन्द गरेको थियो। कलंकी, कालिमाटी, त्रिपुरेश्वर, नयाँ बानेश्वर, सिनामंगल हुँदै एयरपोर्ट एउटा रुट र लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, जमल, लैनचौर, टिचिङ अस्पताल, महाराजगन्ज हुँदै नयाँ बसपार्क (गोंगबु) अर्को रुट तय गरिएको छ। साझा बसले यात्रुका लागि १५, १७ र २० रुपैयाँ भाडादर तोकेको छ। विद्यार्थी, अपांग र वृद्धवृद्धालाई १० रुपैयाँ भाडामा यात्रा गराउँदै आएको छ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.