माओवादी नक्कली कम्युनिस्ट : नेपाल

कोहलपुर- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत माओवादी नक्कली कम्युनस्ट पार्टी भएको बताएका छन्। युवा संघ नेपालको भेरी अञ्चलस्तरीय प्रथम अधिवेशन उद्‍घाटन कार्यक्रममा नेपालले सक्कली कम्युनिस्टले हत्या, हिंसा, आंतक, राष्ट्रघाती सम्झौता गर्न सक्दैन भन्दै अगाडि थपे, 'उसले राष्ट्रघाती काम र मान्छे मारेको हुँदा ऊ नक्कली हो।’ एमाले र कांग्रेसमाथि देशको सिक्किमीकरण र भुटानीकरण गर्न खोजेको आरोप लगाउने एकीकृत माओवादी नै त्यसतर्फ अग्रसर भएको नेपाले बताए। उनले भने, 'यसको पछिल्लो ज्वलन्त उदाहरण राष्ट्रघाती बिप्पा सम्झौता हो।’ सँच्चा कम्युनिस्ट देश र जनताका लागि लड्ने र भिड्ने भए पनि माओवादी विदेशी हितमा रहेकोले कम्युनिस्ट हुन नसक्ने टिप्पणी गरे। पहिलो संविधान सभा निर्वाचनमा जंगलबाट आएको माओवादीले हातखुट्टा, ढाड भाँच्ने भनेर तर्साएर भोट लिएको नेपालले दाबी गरे। माओवादीले अब जित्ने सम्भावना छैन, डराएर चुनाव हुन नदिने खेलमा छ,’ माओवादीले चुनावमा हार हुने निश्चित भएरै स्ववियु चुनाव स्थगित गराएको नेपालले आरोप लगाए। 'स्ववियु निर्वाचनमा देशभरकै क्याम्पसबाट हार्ने निश्चित देख्यो नेपालले भने,'सविधान सभा निर्वाचनमा प्रत्यक्ष असर गर्ने भन्दै तालाबन्दी गरेर स्थगित गरायो।’ एमाले छोडी एमाओवादीमा प्रवेश गरे भनिएका नेता, कार्यकर्ताहरु दोस्रो सविधान सभा चुनावसम्म फकर्ने उनले बताए। एमाले फुटाएर नेता कार्यकर्ता लिए भन्दै खुसी नहुन आग्रह गर्दे उनले भने, 'माओवादीको उग्रवामपन्थी विचार धारणा चिर्न पार्टीका नेताकार्यकर्ता पाठएका हौं।’ उनले एमालेबाट माओवादीमा प्रवेश गरेका रामचन्द्र झा, आशोक रोकाय, उर्मिला अर्याल लगायतका नेता कार्यकर्ता चुनावको मिति घोषणालगत्तै माओवादीका सयौं नेताकार्यकर्ता ल्याएर पार्टीमा फकर्ने दाबी गरे।

0 comments

Write Down Your Responses

Powered by Blogger.