कोरियामा नेपाली महिलाद्वारा आत्महत्या

सोल (दक्षिण कोरिया) - कोरियाली नागरिकसँग विवाह गरेर आएकी एक नेपाली महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन्। सन् २०१२ अगष्टमा आएकी धादिङकी २५ बर्षिया गौरी तामाङ ख्यङ्बुकस्थित आफू बसेको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। सोलस्थित नेपाली दूताबासका अनुसार बिहान काममा गएका उनका कोरियाली पति मध्यान्ह घर आउँदा श्रीमतीलाई कोठामा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। अघिल्लो रात दुवै जना सँगै सुतेको बताइएको छ। मृतक तामाङ्को नजिकैको अस्पतालमा पोष्ट्मार्टम भइरहेको र यस बिषयमा उनको नेपालमा रहेका परिवारलाई पनि जानकारी पठाइसकेको दूतावास स्रोतले नागरिकन्युजलाइ बतायो। केही हप्ता अघि मात्र गुल्मी हर्दीनेटाका अर्जुन पन्तले आफू काम गर्ने कम्पनीमा नै सलले झुण्डिएर आत्महत्या गरेका थिए। कोरियाली पुरुषसँग विवाह गर्ने नेपाली महिलाहरूले धेरै समस्या भोगीरहेका छ्न्। उनीहरू अधिकांश घरेलु हिंसाको सिकार हुने गरेको पाइएको छ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.