७९ नेपाली विश्वका प्रहरीको खोजीमा !

१० जेठ, काठमाण्डौं । विश्वमा विभिन्न देशमा गम्भीर किसिमका अपराध गरेर भाग्ने नेपालीको संख्या बढिरहेको छ। अदालतले समेत दोषी ठहर गरी रेडकर्नर सूचीमा पर्ने नेपालीको संख्या दुई बर्षमा दोब्बर भएर ७९ पुगेको छ ।
विश्व अपराध प्रहरी संगठन इन्टरपोलले ७९ जना नेपालीलाई मोस्टवान्टेड सूचीमा राखि खोजी गरिरहेकेा छ । दुई बर्षअघिसम्म करिब ४० जना नेपाली रेडकर्नरमा भएकोमा हाल त्यो संख्या दोब्बर पुगेको नयाँ पत्रिकामा खबर छ ।
मोस्टवान्टेड सूचीमा पर्ने नेपालीहरु मध्ये सबैभन्दा बढी भारतमा २५ जना कतारमा २० जना, युएईमा १४ जना, नेपालमै ११ जना, साउदी अरबमा ३ जना, अमेरिकामा ३ जना र इटाली, बेलारुस तथा बहराइनमा १/१ जना रहेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.