समाचार
»
बालबालिकालाई पैसा कमाउने र जोगाउने शिक्षा
बालबालिकालाई पैसा कमाउने र जोगाउने शिक्षा
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला
२३ वैशाख, काठमाण्डौं । हरेक अभिभावकको सपना हुन्छ । पढाई पूरा गरिसकेपछि सन्तान आत्मनिर्भर बन्न सकोस् । यसका लागि सानै उमेरदेखि बच्चालाई पैसाको उचित प्रयोग कसरी गर्ने भन्ने शिक्षा दिनुपर्छ । पैसा बचत र यसको सही प्रयोगबारे सिकाउन बालबालिकालाई ‘मनि एजुकेसन’ दिनुपर्ने विज्ञहरुको भनाई छ । यो शिक्षाबाट बालबालिकाले पैसा कसरी खर्च गर्ने भन्ने जानकारी पाउने र उनीहरुमा बचत गर्ने क्षमताको विकास हुने नागरिक दैनिकमा खबर छ । के हो ‘मनि एजुकेसन’ ‘मनि एजुकेसन’ पैसा व्यवस्थापनसँग सम्बन्धित छ । यसबाट बालबालिकाले बचतका साथै आफूसँग भएको पैसा कसरी खर्च गर्ने भन्ने जानकारी पाउनेछन् । ‘अहिलेका युवा पुस्ता धेरै खर्चालु भएको पाइनछ, उनीहरुलाई आफूसँग भएको पैसा व्यवस्थित ढंगले खर्च कसरी गर्ने भन्ने ज्ञान छैन,’ मनोविज्ञ डा. गंगा पाठक भन्छिन, ‘सानैदेखि ‘मनि एजुकेसन’ दिने हो भने फजुल खर्च गर्ने बानी सुधार हुन्छ ।’ ‘मनि एजुकेसन’ अन्तर्गत बच्चालाई बैंकबारे समेत सामान्य जानकारी दिइन्छ । ‘यो शिक्षा नपाउँदा बैंकको फारम भर्दा समेत अरुको सहारा लिनुपर्ने अवस्था छ,’ पाठकले भनिन् । यो शिक्षा बाल्यावस्थाबाटै दिनुपर्ने उनलको भनाई छ ।
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses