समाज
»
पतिमाथि घरेलु हिंसा, पत्नीलाई अदालतको जरिवाना
पतिमाथि घरेलु हिंसा, पत्नीलाई अदालतको जरिवाना
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला
२३ वैशाख, बाँके । घरेलु हिंसा भन्ने वित्तिकै अधिकांशले महिलामाथि हुने हिंसा ठान्छन् । तर त्यस्तो हिंसाको सिकार पुरुष पनि भएका हुन सक्छन् । बाँकेमा त्यस्तै घटना प्रकाशनमा आएको छ । जिल्ला अदालतले पत्नी विरुद्ध परेको एक घरेलु हिंसाको मुद्दामा पतिका पक्षमा फैसला सुनाएको छ । दैलेखको नारायण नगरपालिका ९ घर भई नेपालगञ्ज ५ बस्दै आएका ३३ बर्षका खगेन्द्र बहादुर गौतमले आफ्नी ३० बर्षकी पत्नी लिलावतीका नाममा दायर गरेको मुद्दाको फैसला खगेन्द्रको पक्षमा आएको हो । उनले श्रीमतीले कुटपिट गरेको र बाहिरबाट गुण्डा बोलाएर ज्यान लिने प्रयास गरेको भन्दै ०६८ मंसिरमा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रतिवादी लीलावतीलाई ३ हजार जरिवानाको फैसला सुनाएको छ । घरेलु हिंसाका अधिकांश मुद्दा महिलाले दायर गर्ने गरेका छन् । तर बाँके जिल्ला अदालतमा पहिलो पटक पुरुषले महिला विरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गरेको कान्तिपुर दैनिकमा खबर छ ।
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses