समाचार
»
संवेदनशील अंगमा हिर्काइयो : लिङदेन
संवेदनशील अंगमा हिर्काइयो : लिङदेन
शसस्त्र प्रहरीले आफ्ना कार्यकर्तालाई संवेदनशील अंगमा हिर्काएर गम्भीर घाइते बनाएको लिम्बुवानी नेता कुमार लिङदेनले आरोप लगाउनुभएको छ । ‘कार्यकर्तालाई प्रहरीले पक्राउ गरी अत्यन्त दुव्र्यवहार गरेको छ, त्यसमध्ये सुकबहादुर थेगिम र अग्नि पन्धाकलाई सम्वेदनशील अंगमा सशस्त्र प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।’ शनिबार लिम्बुवान बन्दको आह्वान गर्ने मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देन मिराकले बताउनुभएको छ । धनकुटाको ६ नं बुधबारेमा आफूहरुले मतदाता नामावली संकलनमा अवरोध नपुर्याई शान्तिपूर्ण विरोध गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको लिङ्देनको आरोप छ । घटना जारी वक्तव्यमा भनिएको छ-’फोटोसहितको मतदाता नामावली संकलन रोकिनु पर्छ भनेर शान्तिपूर्ण आवाज उठाइरहेका मञ्च सम्वद्ध परिषदका नेता कार्यर्ताहरुमाथि एकात्मक प्रशासनले अमानवीय रुपले दमन गरेको छ ।’ ‘प्रहरीको दमनमा परी केन्द्रीय सदस्य सुकबहादुर थेगिम, एलभी (लिम्बुवान भोलेन्टियर)का कमान्डर अग्नि पन्धाक गम्भीर घाइते हुनु भएको छ ।’ लिङदेनद्वारा जारी वक्तव्यमा भनिएको छ- ‘सोही ठाउँबाट सचिवालय सदस्य प्रेमदीप थाम्सुहांग, केन्द्रीय सदस्य सुकबहादुर थेगिम, एल भी सिनियर उपकमान्डर मुक्शाम लाबुंग, एलभी कमान्डर अग्नि पन्धाक, इलाम बाँझो गाविस अध्यक्ष राजन साम्बा, मिक्लुक थुम अध्क्षय नेल्कन माखिम र पाँचथर जिल्ला सदस्य खाम्बेक आङदेम्बेलाई प्रहरीले पक्राउ गरी दुव्र्यवहार गरेको छ ।’ शुक्रबारको झडपपछि मतदाता नामावली संकलन गर्ने टोलीले बस्ने घर नपाएको र सेनाको ब्यारेक छेउको चौरीमा पाल टाँगेको तर, झडपको डरले मानिसहरु डराएका कारण नामावली संकलन गर्न नगएको लिङ्देनको दाबी छ । आफूहरुसँग सवारी साधन नभएको र भाडाका गाडीहरु बुधबारे जान नमानेकाले थप एलभी कार्यकर्ता त्यसतर्फ पठाउन नसकिएको उहाँले बताउनुभएको छ । तर, प्रशासनले चाँहि मतदाता नामावली संकलन जारी रहेको दाबी गरेको छ । सिडियो कार्यालय धनकुटाका अनुसार शुक्रबार सामान्य झडप भए पनि मतदाता नामावली संकलन रोकिएको छैन ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses