कोइराला विरुद्ध पौडेल र सिटौला

१४ जेठ, काठमाण्डौं । काँग्रेस सभापति सुशील कोइरालाले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा दिनुपर्ने माग जोडतोडले उठाइरहेका छन् । तर, उनलाई चुनौती दिँदै उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौलाले भने कोइरालाको मागलाई ठाडै खण्डन गरेका छन् ।
koirala-poudel-sitaulaसभापतिको अडानविरुद्ध उपसभापति र महामन्त्रीले सार्वजनिक अभिव्यक्ति दिएकाले रेग्मी राजीनामाको विषयमा काँग्रेस अन्योलमा परेको नयाँ पत्रिकामा खबर छ । प्रधानन्यायाधीश रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने सहमतिमा हस्ताक्षर गरेका कोइरालाले तीन महिनापछि प्रधानन्यायाधीशबाट उनले राजीनामा दिनुपर्ने माग राख्न थालेका हुन् ।
सोमबार काठमाण्डौंमा भएको कार्यक्रममा पौडेलले सहमति गर्ने र कार्यान्वयन नगर्ने शैलीले समस्या जटिल भएको बताए । ‘प्रधानन्यायाधीशबाट राजीनामा गर्नुको औचित्य छैन । बहालवाल प्रधानन्यायाधीशलाई चुनाव गर्ने जिम्मा दिएको सहमतिअनुसार चल्नुपर्छ,’ उनले भने ।
अरु दलहरुलाई चुनावमा ल्याउन रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा दिनुपर्ने कोईरालाको माग छ भने पौडेेल प्रधानन्यायाधीशले नै चुनाव गराउने गरी दलहरुलाई निर्वाचनमा ल्याउनु जरुरी रहेको बताएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.