दैनिक १६ लिटर कोक पिउने लतमा परेकी महिलाको नालीबेली !

जाँडरक्सीको कुलतमा मान्छे फसेको कुरा त सामान्य हो । तर बेलायतकी एक महिला भने कोकाकोलाको कुलतमा फसेकी छिन् । बेलायतको चेशाएरमा बस्ने ४२ वर्षकी ज्याकी बालनलाई दिनमा ८ लिटर कोक पिउनुपर्छ । साँच्चीकै उनलाई कोकको लत नै लागेको छ । कुनै दिन कोक पिउन अलि कम गर्योकी निकै टाउको दुख्छ । उनी भन्छिन्, ‘म कोक बिना ४० मिनेटभन्दा बढि बस्न सक्दिन । 

मैले कोक पिउन बन्द गर्नै कोकले आफ्नो टुप्पी बिकाइसकेको र वर्षमा कोककै लागि वाषिर्क ३ हजार पाउण्ड छुट्टाउन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । आफु किशोरी छँदा आफ्नै बाउआमाको रेष्टुरेन्टमा गएर कोक खाँदा आफुले कोक खाने बानी सिकेको र कहिलेकाहीँ त दिनमा १६ लिटरसम्म पनि कोक पिएको उनको भनाइ छ । कोकको लत कसरी छुटाउने ? मलाई विशेषज्ञको सल्लाह चाहियो । नत्र मलाई कोकका लागि खर्च गर्न आर्थिक सहयोग चाहियो, उनी भन्छिन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.