संविधानसभा अगाडि गाई बहुलायो (भिडियोसहित)
९ जेठ,
काठमाडौं । नयाँ बानेश्वरस्थित संविधानसभा भवनको ३ नम्बर गेट अगाडि एउटा
कालो गाई बहुलाएको अवस्थामा फेला परेको छ । बहुलाएको गाईले मानिसहरुलाई
जथाभावी आक्रमण गर्न थालेपछि विहीबार बिहानै प्रहरी र स्थानीय युवाहरुले
गाईलाई बिजुलीको पोलमा बाँध्न सफल भएका छन् । बहुलाएको गाईलाई भेटनरीका
डाक्टरले परैबाट तीनवटा सुई हानेर छाडेका छन् । अब तीनदनिभित्र उक्त गाई
मर्ने डाक्टरले बताएका छन् ।
बिजुलीको ठूलो खम्बामा अगाडिको एउटा खुट्टो र घाँटीमा समेत बाँधिएको सो गाई छेऊमा मानिस देख्नासाथ झम्टिने र मुखबाट फिँज निकालेर ड्वाँ ड्वाँ कराउने गरिरहेको छ ।
गाईलाई नियन्त्रणमा लिइएपछि चिडियाँखानाका सरकारी अधिकारी र जिल्ला पशुसेवा कार्यालयका कर्मचारी एवं पशु डाक्टरलाई घटनास्थलमा झिकाइएको हो । गाईलाई रेबिज लागेको उपचार हुन नसक्ने डाक्टरहरुले बताएको घटनास्थलमा रहेको प्रहरीले बताए ।
बिहीबार बिहान १० बजे बहुलाएको गाई हेर्न मानिसहरु वरिपरि झम्मिएका छन् । घरमा पालेको गाई उम्किएर सडकमा आएको र यसरी उपद्रो मच्चाएको गाईका धनीले बताए ।
रेबिज लागेको गाईलाई यसरी सार्वजनिक ठाउँमा राखिनु खतरनाक भएको उहाँले बताउनुभयो । यसरी सार्वजनिक ठाउँमा राख्न नमिल्ने हो । तर, यसलाई उठाउने काम हाम्रो नभएर महानगरपालिकाको हो, महानगरपालिकाले यसलाई गम्भीरतापूर्वक लिएन । गाडीमा चढाउन पनि गाह्रो छ ।’ थपलियाले भन्नुभयो-’प्रहरीका एकजना सईलाई भन्दा गछौं-गछौं भन्नुभयो, तर केही गर्नुभएन ।’
हेर्नुस् भिडियो
बिजुलीको ठूलो खम्बामा अगाडिको एउटा खुट्टो र घाँटीमा समेत बाँधिएको सो गाई छेऊमा मानिस देख्नासाथ झम्टिने र मुखबाट फिँज निकालेर ड्वाँ ड्वाँ कराउने गरिरहेको छ ।
गाईलाई नियन्त्रणमा लिइएपछि चिडियाँखानाका सरकारी अधिकारी र जिल्ला पशुसेवा कार्यालयका कर्मचारी एवं पशु डाक्टरलाई घटनास्थलमा झिकाइएको हो । गाईलाई रेबिज लागेको उपचार हुन नसक्ने डाक्टरहरुले बताएको घटनास्थलमा रहेको प्रहरीले बताए ।
बिहीबार बिहान १० बजे बहुलाएको गाई हेर्न मानिसहरु वरिपरि झम्मिएका छन् । घरमा पालेको गाई उम्किएर सडकमा आएको र यसरी उपद्रो मच्चाएको गाईका धनीले बताए ।
रेबिज लागेको गाई खुल्ला छाड्नु खतरनाक : प्राविधिक
पशुसेवा कार्यालयका प्राविधिक सुरेन्द्र
थपलियाका अनुसार रेबिज लागेको यो गाई थापागाउँका गणेश थापाको हो । १०/१२
वटा गाई पालेका थापाले गाई सार्वजनिकस्थलमा छाडिदिने गरेको थपलियाले
बताउनुभयो । ‘छाडा छाडिएका बेला भुस्याहा कुकुरले टोकेर रेबिज लागेको हुन
सक्छ । कुकुरले टोकेको ३/४ महिनापछि यस्तो भएको हुन सक्छ ।’ उहाँले
भन्नुभयो ।
रेबिज लागेको गाई सामान्यतया १०
दिनभित्रमा मर्ने तर, यो गाईलाई धेरै चापिसकेको हुनाले २/३ दिनमै मर्न
सक्ने थपलियाले अनलाइनखबरलाई बताउनुभयो । ‘मेरो विचारमा यो गाई दुईदिन
भन्दा बढी बाँच्दैन ।’ उहाँले बताउनुभयो । रेबिजले धेरे चापिसकेको हुँदा
गाई बचाउन नसकिने उहाँले दाबी गर्नुभयो ।
महानगरपालिकाले ध्यान दिएनरेबिज लागेको गाईलाई यसरी सार्वजनिक ठाउँमा राखिनु खतरनाक भएको उहाँले बताउनुभयो । यसरी सार्वजनिक ठाउँमा राख्न नमिल्ने हो । तर, यसलाई उठाउने काम हाम्रो नभएर महानगरपालिकाको हो, महानगरपालिकाले यसलाई गम्भीरतापूर्वक लिएन । गाडीमा चढाउन पनि गाह्रो छ ।’ थपलियाले भन्नुभयो-’प्रहरीका एकजना सईलाई भन्दा गछौं-गछौं भन्नुभयो, तर केही गर्नुभएन ।’
हेर्नुस् भिडियो
|
0 comments
Write Down Your Responses