यसरी नाङ्गिइन नायिका अरुणिमा (फोटोसहित)

चलचित्र ‘किन किन’मा न्यूड सिन दिने अभिनेत्रीको रहस्य खुलेको छ । निर्देशक उकेश दाहालले मिडियासामु काल्पनिक ठाउँ र नामको हवाला दिँदै ती अभिनेत्रीको नाम बताउँदै आएका थिए । निर्देशक दाहालको रहस्य यतिबेला झूठ ठहरियो जतिबेला, न्यूड सिन दिने अभिनेत्रीले नै एउटा क्याफेमा मेरोसिनेमासँग विस्तृत कुरा खुलाइन् । न्यूड सिन दिने ती मोडल मुस्ताङकी दिलकुमारी वाइवा हुन् भन्ने लाग्छ भने तपाईँ भ्रममा हुनुहुन्छ । ती हुन् –अरुणिमा लामा । उनी यो चलचित्रको एउटा दृष्यमा राजेश हमालका अगाडि सर्वाङ्ग भएकी हुन ।

सो चलचित्रमा राजेश हमाल चित्रकार हुन्छन् । उनी नारीको नग्न चित्र बनाउन चाहन्छन् । सोही कारण राजेशलाई नग्न चित्र बनाउन यी नायिकाले हमालका सामु नग्न पोज दिएकी हुन् । यसरी पोज दिने क्रममा अरुणिमाले शरीरबाट सबै कपडा हटाइन् । आफ्ना गुप्त अंगलाई उनले हात र कपालको माध्यमले छोपेकी थिइन् । पश्चिमा देशमा नारीलाई नग्न राखेर उनीहरुको नग्न चित्र बनाइन्छ । जसलाई न्यूड आर्टको रुपमा व्याख्या गरिन्छ । सोही कलालाई चलचित्र ‘किन किन’मार्फत देखाउन लागिएको निर्माण पक्षको कथन छ । यो फिल्मको निर्देशक उकेश दाहालले गरेका हुन् । सेन्सर बोर्डले यो कलात्मक दृष्यलाई पास गरेको पनि निर्देशक दाहालले बताएका छन् ।यो सिनेमा आउँदो साउनको अन्तिम साता देशव्यापी रिलिज हुँदैछ ।भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.