अश्लिल भिडियो बनाउँदै गर्दा दुई पक्राउ !

बारा - जिल्ला प्रहरी कार्यालय बाराले अश्लिल भिडियो बनाउँदै गर्दा दुई जनालाई मंगलबार बेलुका कलैयाबाट पक्राउ गरेको छ। कलैया नगरपालिका ८ बस्ने मदन साहले मोबाइलबाट नुहाइरहेका महिलाको अश्लिल भिडियो तानेर पिपडाढी ६ का महाकान्त पडितको कलैया बरगाछीनजिकैको कप्यूटरमा मिक्सिङ्ग गर्न खोज्दा दुबै जनालाई प्रहरीले सुराकीको आधारमा पक्राउ गरेको हो।
 जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामनाथ घिमिरेले अश्लिल भिडियो तानेको आरोपमा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए। 
उनले नियन्त्रणमा लिएकाहरु आफू निर्दोष भएको कुरा बताए पनि अनुसन्धानबाट थप प्रष्ट हुने बताए। प्रहरीले महाकान्त पडितको कम्प्यूटर पसलबाट ल्यापटप समेत अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ। 
बारामा धेरै जनाको अश्लिल भिडियोहरु सार्वजनिक हुनेक्रम बढेको छ। आरोपीहरुलाई प्रहरीले नियन्त्रणमा लिए पनि कानून अभावमा  सार्वजनिक मुद्दा मात्र चलाउने गरेकोले यसको नियन्त्रण चुनौती बन्दै गएको कुरा प्रहरीहरुले बताउँछन।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

,

0 comments

Write Down Your Responses

Powered by Blogger.