खुल्ला इजलासमा पत्रकारलाई रोक नलगाइएको अदालतको जिकिर

काठमाडौँ- पत्रकारलाई खुल्ला इजलास प्रवेश प्रावधान कायमै रहेको  र अदालती समाचार प्रकाशनमा तिनलाई रोक नलगाइएको सर्वोच्च अदालतले जनाएको छ। आजका केही पत्रपत्रिकामा निषेधसम्बन्धी समाचार छापिएपछि आज उक्त अदालतबाट आज जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख  छ।
प्रवक्ता श्रीकान्त पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा इजलासको सुरक्षा र मर्यादालाई मनन गर्दै अदालतको कामकारबाही सुचारू सञ्चालनका लागि सुम्पिएको जिम्मेबारी छिटोनिष्पक्ष र प्रभावकारीरूपमा सञ्चालन गर्न पत्रकार प्रवेशलाई व्यवस्थित गर्न खोजिएको बताइएको छ। 

अदालतले यसअघि पत्रकारलाई  वितरण गरेको प्रेस पास पुरानो भएकाले त्यसलाई खिंची नयाँ पास उपलब्ध गराउन मौखिक जानकारी गराइसकिएको उल्लेख गरेको छ। 

यसैबीच आजै संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले पुनः अर्को विज्ञप्ति जारी गरी 'अदालतले यही वैशाख १७ गतेदेखि इजलास सुरक्षाका नाममा पत्रकारलाई अदालतको इजलास प्रवेशमा रोक लगाई समाचार सङ्कलनबाट वञ्चित गर्दैआएकामाआज  विज्ञप्तिमार्फत समाचार सङ्कलनमा कुनै प्रकारको रोकावट नगरिएको भनी भ्रामक प्रचार गरेको दोषारोपण गरेको छ। 

मञ्चका महासचिव डिल्ली आचार्यद्वारा जारी विज्ञप्तिमा अदालत प्रशासन र मञ्चबीच भएको आजको छलफलपछि अदालतले आगामी आइतबारदेखि पत्रकारलाई इजलास प्रवेश खुल्ला गर्ने गरी जनाएको प्रतिबद्धतालाई स्वागत गर्दै आगामी दिनमा सूचना सङ्कलनमा अवरोध आउने गरी कुनै कदम नचाल्न माग गरिएको छ। रासस
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.