समाचार
»
'एमाले देशका लागि मरिहत्ते गर्ने पार्टी'
'एमाले देशका लागि मरिहत्ते गर्ने पार्टी'
इलाम- पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले नेकपा (एमाले) देश र जनताका लागि मरिहत्ते गर्ने पार्टी भएकाले अब जनताले आफ्नो पार्टीलाई विश्वास गर्ने बताएका छन्। नेकपा एमाले नगर कमिटी इलामले सोमबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेम्बाङले व्यक्तिभन्दा पार्टी ठूलो र पार्टीभन्दा पनि जनता ठूला भएकाले पार्टीले जहिल्यै पनि जनताको सर्वोपरि हितमा काम गर्नुपर्ने बताए। अबको चुनावमा नेकपा एमालेलाई सबै पक्षबाट सहयोग गर्न कार्यकर्ता गाउँगाउँमा परिचालन गर्न उनले स्थानीय नेतृत्वलाई निर्देशनसमेत दिए। सरकारले तत्काल चुनावको मिति तोक्नुपर्ने र मिति तोकेपछि मुलुकमा चुनावी वातावरण सिर्जना हुनेसमेत उनको भनाइ थियो। बारम्बार दलबीच भएका विवादले समस्या उत्पन्न गरेको उनले कार्यकर्ता माझ बताए।
भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses