पत्रकारलाई धम्की दिने सुमिनाले माफी मागिन्

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

काठमाण्डौं । पत्रकारलाई धम्की दिने नायिका सुमिना घिमिरेले माफी मागेकी छन् । समाचार लेखेकै आधारमा नायिका घिमिरेले अनलाइनखबर डटकमका पत्रकार विजय ‘आवाज’लाई ‘टाउको एकातिर र खुट्टा अर्कोतिर’ पुर्‍याउने भन्दै ज्यान मार्ने धम्की दिएकी थिइन् ।



सुमिनाले चलचित्र पत्रकार संघ र पत्रकार महासंघलाई वोधार्थ बनाउँदै विज्ञप्ती जारी गरी माफी मागेकी हुन् । विज्ञप्तीमा सुमिनाले भनेकी छिन्, ‘म र पत्रकार विजय आवाज बीच केही समय अघि भएको टेलिफोन संवादमा म बाट व्यक्त भएका भनाई नियतबश नभई आवेशमा भएकाले फिर्ता लिन चाहन्छु ।’ सुमिनाले विज्ञप्तीमा भनेकी छिन्, ‘ति शब्द मानविय स्वभाववश आवेश र भावनामा आएर व्यक्त भएकाले धम्कीको रुपमा नवुझिदिनु हुन सम्बन्धीत सबैमा अनुरोध गर्दछु ।’ उनले नेपाली पत्रकारिता क्षेत्रप्रति आफ्नो सदैव उच्च सम्मान रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।

यसैबिच सुमिनाको विज्ञप्तीलाई चलचित्र पत्रकार संघले स्वागत गरेको छ । संघका महासचिव लक्ष्मण सुवेदीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आगामी दिनमा कुनै पनि कलाकार र चलचित्रकर्मी तथा पत्रकार विचको सम्बन्ध सुमधुर रहने तथा चलचित्र पत्रकारिता जगतको सम्मान र मर्यादामा ख्याल राख्ने विश्वास संघले लिएको छ ।’
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.