७० वर्षीय बाबु र २२ बर्षिया उनकै छोरीको अबैध सम्बन्धबाट नवजात शिशुको जन्म

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>


बाबु र छोरीबीच भएको अबैध सम्बन्धबाट एक नवजात शिशुको जन्म भएको छ । इलाम जिल्ला प्याङ गाबिस वडा नम्बर २ का ७० वर्षीय बाबु टंकबहादुर बस्नेत र अन्दाजी २२ बर्षिया उनकै छोरीबीच भएको अबैध यौन सम्पर्कबाट शिशुको जन्म भएको हो । मंगलबार जन्मिएको उक्त शिशुलाई नजिकै रहेको जंगलमा रातिनै जिउँदै फालिएको थियो । बिहान घाँस दाउराका लागि गएका स्थानियले जंगलमा बच्चा रोएको आवाज सुनेपछि गएर हेर्दा शिशु फेला पारेका थिए । फालिएको अवस्थामा शिशु भेटिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । यस बिषयमा प्रहरीले जानकारी पाएपछि घटना स्थलमा गएको प्रहरीले अनुसन्धान गर्दा बस्नेतका बाबु छोरी नै रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनापछि छोरी र शिशुलाई स्वास्थ्य उपचारका लागि जिल्ला अस्पतालमा प्रहरीको संरक्षणमा राखिएको र बाबुलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक भिमबहादुर दहालले बताए । घरमा बाबु छोरीमात्रै बिगत लामो समय अघिदेखि बस्दै आएका थिए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

,

0 comments

Write Down Your Responses

Powered by Blogger.