गरिबका हुन सकेनन् हरिवंश
केही वर्षयता आत्मकथा लेखनको लहर चलेको छ । जगदिश घिमिरेको ‘अन्तर्मनको यात्रा’बाट सुरु भएको पाठकहरुको आत्मकथाप्रतिको आकर्षण चुलिंदै गएको छ । तारा राईको ‘छापामार युवतीको डायरी’, झमक घिमिरेको ‘जीवन फूल कि कांडा’, आनी छोइङको ‘फूलको आंखामा’, गौरा प्रसाईको ‘मेरा जीवनका पाना’, किस्ट बैंकका सिइओ कमलप्रसाद ज्ञवालीको ‘कर्म’, विनोद चौधरीको ‘आत्मकथा’, हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ आदि यसका उदाहरण हुन् । यही आकर्षणले होला यतिखेर कान्तिपुर पब्लिकेशन्सका साहुजी कैलाश सिरोहिया, व्यापारी राजेन्द्र खेतान, बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत आदि पनि घोस्ट राइटर रोजेर आत्मकथा लेखाउने अभियानमा लागेका हुन् ।

पुस्तकमा आफ्नो जीवनका उतारचढावमा जोडिन आएका हरेकलाई उनले सक्दो सम्झेका छन् । सकेसम्म न्याय गरेका छन् । तर कलाकार लक्ष्मी गिरीका सन्दर्भमा भने उनले अन्याय गरेका छन् । पहिलो पटक मीरा आचार्य बिरामी भएका बेला लक्ष्मीले निस्वार्थभावले हरिवंश-मीराका छोरा त्रिलोकलाई हप्तौंसम्म आफूसँग राखेकी थिइन् । हरिवंश कुनै दिन अमेरिका जालान् र आफूलाई लैजालान् भनेर उनका छोरा त्रिलोकलाई आफूसँग राखेर सायदै माया गरेकी थिइन् होला । तर हरिवंशले १५६ पेजमा “लक्ष्मी गिरीलाई आफूहरुसँगै अमेरिका लगेर अलिकति भए पनि गुन तिरेको” कुरा उल्लेख गरी लक्ष्मी गिरीको निष्कपट प्रेमको अपमान गरेका छन् ।
ठाउँ-ठाउँमा अनुभूतिजन्य दार्शनिक सन्दर्भहरु भएको यो कृतिको भाषा अत्यन्तै सरल छ । कतिपय कुराले पाठकको मन मज्जाले छुन्छ । कति ठाउँमा पाठक पुस्तकका पाना भिज्ने गरी रुन्छ । कतिपय ठाउँमा हाँस्दाहाँस्दै हुरुक्क हुन्छ । पाठकले हरिवंशका निजात्मक अनुभूतिभित्र आफूलाई भेट्टाउन सक्नु यो कृतिको सबैभन्दा सवल पक्ष हो । पृथक पहिचानका लागि संघर्ष गरिरहेकाहरुलाई यसले रामै्र मार्गदर्शन पनि गरेको छ ।
०६८ सालका मदन पुरस्कार विजेता अमर न्यौपाने घोस्ट राइटर रहेको यो पुस्तकमा कमजोरीहरु पनि प्रशस्तै छन् । कतिपय सन्दर्भहरु पटकपटक दोहरिनु, घटनाक्रमहरु सिलसिलेवार बनाउन सकिने सम्भावनालाई वेवास्ता गरिनु, भाषा सम्पादनमा हेलचेक्रयाइ हुनु यसका कमजोर पक्ष हुन् ।
निश्चित हो, हरिवंश सर्वप्रिय नेपाली कलाकार हुन् । अहिले पनि उनी अभिनित सिरियल आउँदा खाँदाखाँदैको गाँस छाड्ने थुप्रै नेपाली छन् । तर यो आत्मकथाको सार्वजनिक भएपछि भने हरिवंशले पैसावाल र सम्पन्नहरुको मात्रै पि्रय हुन् खोजेका हुन् कि भन्ने आशंका उत्पन्न भएको छ । यदि उनले गिट्टी कुटेर गुजारा गर्नेहरुको समेत पि्रय भइरहन चाहेका भए प्रति थान ८० रुपैयां लागत पनि नलागेको पुस्तकको मूल्य करिव चार सय रुपैयां राख्न प्रकाशकलाई पक्कै अनुमति दिने थिएनन् । चर्को मूल्यकै कारण गरिबीमा पिल्सिरहेका उनका हज्जारौं प्रसंशकले कृति किनेर पढ्नै नसक्ने स्थिति छ । लोकपि्रयतामाथि निकृष्ट व्यापार गर्ने धृष्टता नगरिएको भए यो कृति प्रत्येक नेपालीका घरघरमा पुग्ने थियो । विशेष अवसरमा दिने कोसेली नै यही हुन्थ्यो । आंकलन गरेभन्दा दोब्बर बढी बिक्ने थियो । किताव पढ्नु पर्छ भन्ने संस्कारमा बृद्धि पनि हुने थियो । तर यसमा हरिवंश र प्रकाशक फाइनपि्रन्ट दुवै चुकेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses