सस्तो मूल्यका आइफोन आउने

एप्पलको आइफोन बोक्ने रहर कसलाई पो नहोला र ? तर के गर्नु यसको चर्को मूल्यका कारण धेरैले चाहेर पनि यो बोक्न सकिरहेका छैनन् । एप्पल विश्वको सबैभन्दा मूल्यवान कम्पनी भएझैँ यसका उत्पादनहरु पनि उत्तिकै महंगा छन् ।
त्यसैले मध्यम तथा निम्नवर्गीय उपभोक्ताका लागि एप्पलका आइफोन, आइप्याड जस्ता उत्पादनहरु आकाशको फलजस्तै भैरहेका छन् । यहीँ गुनासोलाई सम्बोधन गर्नका लागि एप्पलले सस्तो मूल्यका आइफोन उत्पादन गर्ने भएको छ ।
iphone-5
यसका लागि एप्पलले आइफोन निर्माणका लागि फक्सकोन कम्पनीसँगको एकल करारलाई अन्त्य गर्दै पेगाट्रोन कम्पनीलाई समेत आइफोन निर्माणको जिम्मा दिने योजना बनाएको छ । पेगाट्रोनले सस्तो मूल्यका आइफोन बनाउनेछ । अहिलेसम्म ताइबानको कम्पनी फक्सकोनले सबैजसो आइफोन तथा आइप्याड उत्पादन गर्दै आएको छ । तर एप्पलका प्रमुख टिम कुकले एप्पलका ग्याजेटको
आपूर्ति श्रृंखलालाई विविधिकरण गर्न चाहेको बताइएको छ ।
स्मरण रहोस् ताइपेइमा मुख्यालय रहेको पेगाट्रोनले सन् २०११ मा केही मात्रामा आइफोन निर्माण गरेको थियो भने गएको वर्ष आइप्याड मिनीको उत्पादन सुरु गरेको थियो । एकल आपूर्तिकर्ताको विकल्प खोज्न तथा पेगाट्रोनले समेल कम नाफामा आइफोन उत्पादन गर्न राजी भएका कारण एप्पलले अब उल्लेखनीय मात्रामा आइफोनको निर्माणको जिम्मा पेगाट्रोनलाई दिने योजना बनाएको
समाचारमा उल्लेख छ ।
पेगाट्रोनले कम लागत तथा कम नाफा लिएर आइफोन निर्माण गरेसँगै बजारमा आउने आइफोनको मूल्य स्वतः कम हुनेछ र उपभोक्ताले अहिलेको भन्दा सस्तो मूल्यमा आइफोन पाउनेछन् । यद्यपि कहिलेदेखि उपभोक्ताको हातमा सस्तो मूल्यका आइफोन पर्छन् ? त्यो भने खुलाइएको छैन ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.