गर्लफ्रेण्डसँग झगडा पर्दा युवकले आफ्नै लिंग च्वाट्टै पारे

गर्लफ्रेण्डसँग झगडा परेपछि एक युवकले आफ्नो लिंगमा कैँची चलाए र आफ्नै लिंग च्वाट्टै काटे । कचकच गर्ने केटीलाई ‘देखाइदिने’ झोँकमा उनले आफ्नै विनाश गरे । ताइवानको जिलोंगमा बस्ने ती युवाले लिंग मात्र होइन अण्डकोष पनि कैँचीले काटिदिए । एक चिनिया पत्रिकामा छापिएको खबर अनुसार नाम नखुलाइएका ४६ वर्षका ती पुरुषले आफ्नो गुप्तांग काटेर ट्वाइलेटमा फ्याँकिदिए र पानीले बगाइदिए । उनलाई तत्कालै उनकी गर्लफ्रेण्डले अस्पताल लगिन् तर अत्यधिक रक्तश्रावका कारण उनको
अवस्था निकै गम्भीर बनेकाले कोमामा राखेर उपचार भयो र अहिले उनको अवस्थामा केही सुधार भएको बताइएको छ । डाक्टरहरुका अनुसार काटेको लिंग ट्वाइलेटमा नबगाएको भए त्यो गाँस्न सम्भव हुन्थ्यो होला । तर अब उनको लिंग ठुटे भएको छ र केवल १.२ इन्चको लिंगको फेँद मात्र बाँकी छ । समाचार अनुसार अहिले उनले सोही ठुटे लिंगबाट आफै पिसाब फेर्न सक्ने भएका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

1 comments

Uslai 40 years jel dinuhos

Write Down Your Responses

Powered by Blogger.