डिएसपी नै सात घन्टासम्म कैदीको नियन्त्रणमा !


१९ वैशाख, काठमाण्डौं । सशस्त्र प्रहरीका डिएसपी र नेपाल प्रहरीका सईलाई नख्खु कारागारका असन्तुष्ट कैदीहरुले सात घन्टा बन्दी बनाएका छन् । चौकीदारले महंगो सामान बेचेको र जेलर लगायतका लागि पैसा उठाएको भन्दै मंगलबार बेलुका सात बजे नक्खुका केही कैदी आन्दोलित भएका थिए । बैशाख ९ गते चौकीदार परिवर्तन गरे पनि उनी पुरानै चौकीदारको व्यक्ति भएको भन्दै १५ जना कैदी र उनका समर्थकले चौकीदारसहित ६ जनालाई तत्काल जेल स्थानात्नर गर्नुपर्ने र जेलमा हुने गरेको भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने माग राख्दै जेलभित्रै आन्दोलन सुरु गरेका थिए । आन्दोलनकारीलाई सम्झाउन भन्दै नख्खु कारागारको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका डिएसपी चेतराज जोशी र नेपाल प्रहरीका सई श्यामकुमार लिम्बु कारागारभित्र प्रवेश गरेपछि उनीहरुले ती दुबैलाई जेलभित्रै नियन्त्रणमा लिएर नख्खुको दुबै ब्लकमा ताल्चा लगाएर आफ्नो नियन्त्रणमा लिएका थिए । पुरै जेल कब्जा लिनुअघि कैदीहरुले चौकीदार मोहन सहनीलाई पनि कुटपिट गरी कोठामा लगेर थुनेका थिए । उनीहरुले चौकीदारलाई बाहिरबाट ताल्चा लगाएर भित्रै थुनेको खबर नागरिक दैनिकले छापेको छ । उनीहरुको कब्जामा रहेका चौकिदारलाई मुक्त गरी दुई प्रहरी कारागारभित्र छिरेका थिए । जेल स्रोतका अनुसार शृंखलाबद्ध अपहरणका नाइके अमर टण्डनले चौकीदार विरुद्ध अपहरण अभियोगमा कारागारमा रहेका नवराज सेढाई र प्रेम पुन लगायतकालाई परिचालन गरेका थिए । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.