घाँस काटेर आउँदा लडेर मृत्यु

पाल्पा - गुल्मी दुबिचौर गाविस–८ का ५५ वर्षीय पदमबहादुर कार्कीको भीरबाट लडेर मृत्यु भएको छ। मंगलबार भीरबाट खसेका उनको उपचारका लागि बुटवल तर्फ लैजाँदै गर्दा आज बिहान पाल्पाको दोभानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार बेलुका घर नजिकैको खोरियाबाट घाँसको भारी बोकेर आउँदा लडेर करिव १० मिटर तल खसेका कार्कीको जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि पाल्पा पठाइएको थियो । यहाँ पनि उपचार संभव नभएपछि बुटवल लगिएको उनका आफन्त कृष्णबहादुर बस्नेतले जानकारी दिए।

कार्कीका जेठा छोरा १० वर्षदेखि बेपत्ता छन्। पत्नीको पनि केहिवर्ष पहिले निधन भएको थियो। कार्कीको मृत्यु भएपछि उनका १० वर्षीय कान्छा छोरा दिपक विचल्लीमा परेका बस्नेतले बताए।

0 comments

Write Down Your Responses

Powered by Blogger.