अमेरिकाको वाशिगटनमा पुल भाँच्चियो !
१०
जेठ, काठमाडौं । अमेरिकाको वाशिगटन राज्यमा स्कागिट नदीमा बनेको पुल
भाँच्चिएको छ । अन्तरराज्यीय राजमार्ग ५ मा बनेको पुलको एक भाग भाँच्चिएर
नदीमा खसेको हो । त्यसबेला गुडिरहेका केही सवारी साधन र मानिस नदीमा खसेका
छन् । ३ जनाको जीवितै उद्दार गरिएको छ ।
राज्यको मुख्य शहर सिएटल र कनेडियन शहर
भ्याङकुभरको बीचमा अवस्थित माउन्ट र्वोर्नेनमा करीब ४ लेनको पुल थियो । पुल
भाच्चिएलगतै खिचिएको तस्वीरमा उक व्यक्ति कारको छतमा बसेको देखिएको छ ।
उद्दार टोली तत्काल घटनास्थल पुग्दा कम क्षति भएको अधिकारीहरुले बताएका छन्
।
|
0 comments
Write Down Your Responses