सुनसरीको दुर्घटनामा दुईको मृत्यु, १३ घाईते


३० वैशाख, सुनसरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको हरीपुर ९ मा गएराती बस र ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाईते भएका छन् । दुर्घटनामा पाँचथर आङछराङका २८ बषका विष्णु आङदेङ्वे र परिचय खुल्न नसकेकी एक महिलाको ज्यान गएको छ । दुर्घटनामा घाईते मध्य केहिको बिराटनगरस्थित न्युरो अस्पतालमा र केहिको बिपि स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । पाँचथरको फिदिमबाट काठमाडौका लागि छुटेको ना ४ ख ७७२४ नम्बरको बस र पश्चिम जादै गरेको ना २ ख ९७७९ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.