कमल थापा धर्नामा


kamal thapa
२७ वैशाख, नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापले बाँके जिल्ला प्रशासन कार्यालयको मूलद्वारमा आधा घन्टा धर्ना दिनु भएको छ ।
चार दलीय राजनीतिक संयन्त्र खारेज हुनुपर्ने, संवैधानिक नियुक्ति खारेज गर्नुपर्ने, कुशासन तथा भ्रष्टाचार अन्त्य गर्नुपर्ने, चुनावको मिति तत्काल घोषणा गर्नुपर्ने लगायतका माग राखी थापाका नेतृत्वमा राप्रपा नेपालका नेता कार्यकर्ताले धर्ना दिएका हुन् । धर्नापछि मन्त्रिपरिषद्का अध्यक्षलाई सम्बोधन गरी लेखिएको ज्ञापनपत्र राप्रपा नेपाल बाँके अध्यक्ष मोहनसिंह केसीले प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीलाई बुझाउनुभएको थियो ।
ज्ञापनपत्रमा भनिएको छ-’अहिलेको सरकार निर्वाचनका लागि गठन गरिएको हो, विभिन्न संवैधानिक अङ्गका निकायमा पदाधिकारी नियुक्ति गर्ने अधिकार सरकारसँग नभएकाले अहिले भएका नियुक्ति अविलम्ब खारेज हुनुपर्छ ।’ रासस
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.