शिर्ष नेता राजधानी बाहिर नजाने
काठमाडौं, जेष्ठ ४ - निर्वाचन ऐनलगायतका बिषयमा सहमति नभएसम्म प्रमुख चार राजनीतिक दलका शिर्ष नेता राजधानी बाहिर नजाने निर्णय गरेका छ । दिनुहुँ बैठक गरे पनि सहमति नभएपछि शुक्रबार नयाँ बानेश्वमा बसेको उच्च स्तरीय राजनीतिक समितिको बैठकले यस्तो निर्णय गरेको छ । बैठकले तीन दिनभित्र मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादी, मधेशी जनअधिकार फोरमलगायत आन्दोलनरत दलहरुसंग वार्ता गरी सम्बोधन गर्न सकिने माग पुरा गर्ने निर्णय पनि गरेको छ ।
त्यसपछि मात्र निर्वाचन ऐनलाई अन्तिम रुप दिने प्रयास गर्ने बैठकमा सहभागी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । 'आन्दोलनरत दलसंग वार्ता गर्न र निर्वाचन ऐनलाई टुंगोमा पुर्याउन शिर्ष नेता राजधानी बाहिर नजाने निर्णय भएको छ' उनले भने, 'वार्ता गरी पुरा गर्न सकिने माग सम्बोधन गर्ने र त्यसपछि निर्वाचन ऐनमा छलफल गर्ने कुरा भएकोछ ।' दलहरुबीच सहमति नभए ऐनलाई अन्तिम रुप दिन अन्तरिम चुनावी मन्त्रिपरिषद्लाई जिम्मा दिइने उनले बताए । माओवादीलगायतसंग वार्ताको व्यवस्था गर्ने जिम्मा समितिका संयोजक एबं एमाले अध्यक्ष झलनाथ खनाललाई दिएको छ । कांग्रेस, एमालेले निर्वाचनमा प्रभाव पार्ने भन्दै एमाओवादीको नेतृत्वको सरकारले राजनीतिक नियुक्ति बदर गर्ने माग गरेका थिए । 'निर्वाचनको निश्पक्षतामाथि प्रभाव पार्ने राजनीतिक नियुक्ति खारेज गर्ने तर्क आएको छन्' एमाले नेता भीम रावलले भने । उनले निर्वाचनको तयारी सम्वन्धमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसंग छलफल गरिनेछ । करिब दुई घण्टा नेताहरुले एकआपसमा बाझाबाझ गरेर समय बिताएको एक नेताले बताए । बिहीबार नेताहरु शुक्रबार कुरा मिलाउने भन्दै बैठक स्थगित गरेका थिए ।
0 comments
Write Down Your Responses