breaking news ......... सीता एयरको विमान दुर्घटना

१८ जेठ, हुम्ला । सीता एयरको डोर्नियर विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षती भने भएको छैन । विमानमा ५ यात्रु र चालक दलका दुई सदस्य थिए । शनिबार विहान नेपालगञ्जबाट हुल्लाका लागि उडेको ९ एन–एबीएच डोर्नियर विमान अवतरणका क्रममा एउटा रन वेमा दुर्घटना भएको विमानस्थल प्रमुख टेकबहादुर पातलीले जानकारी दिनुभयो । ‘नेपालगञ्जबाट आएको सीताको डोर्नियर विमान अवतरण गर्ने क्रममा रन वे मा दुर्घटना भएको हो’ पातलीले भन्नुभयो–‘सबै यात्रु र चालक दलका सदस्यहरु शकुसल छन् ।’ उहाँका अनुसार विमानको पखेटा भने भाँचिएको छ । भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.