यौन शोषणमा परेका ११ पूर्वकम्लरी आमा बने
१ असार, दाङ । कम्लरी बस्दा मालिकबाटै यौन शोषणमा परेका ११ जना पूर्व कम्लरीहरु कुमारी आमा बनेका छन् । मालिकबाटै यौन शोषणमा परेर जन्मिएका बालकालिकाहरुको स्याहार-सुसार, पठनपाठनमा समस्या देखिएको छ । आमाहरु बिहे गरेर गएपछि बच्चाहरुलाई समस्या परेको पूर्वकम्लरीहरुको संस्था मुक्त कम्लरी विकास मञ्चले बताएको छ ।
‘कति बिहे गरेर गए, कति अहिले पनि त्यही बच्चा हेरेर बसिरहेका छन्’- मञ्चका कार्यक्रम सहसंयोजक पूर्णप्रसाद चौधरीले भन्नुभयो- ‘उनीहरुका बालबालिकाको भविष्य अन्यौलमा छ ।’
चौधरीका अनुसार पश्चिम नेपालका ६ जिल्लामा
५ हजार १ सय ७० मुक्त कम्लरी रहेका छन् । जसमा ११ जना आमा बनेका छन् भने
२८ जना यौन शोषणमा परेका छन् । ५ जनाको हत्या भएको छ भने २७ जना काम
गर्दैगर्दा बेपत्ता भएका छन् । दाङमा मात्रै तीनजनाको रहस्यमय तरिकाले
मृत्युभएको छ, पाँचजना कुमारी आमा बनेका छन्, तीनजनालाई बेपत्ता पारिएको छ
।बच्चाहरुलाई हुर्काउन, पढाउन र बढाउन समस्या भएको दाङ पवननगरकी एक
पूर्वकम्लरीले बताइन् । ‘अहिले छोरा ६ वर्षको भएको छ, उसका बारेमा केही
हेर्नुभएको छैन, एकपटक समेत आउनुभएको छैन’- उनले भनिन् । उनलाईर् गर्भवती
बनाउने व्यक्ति दाङ निवासी सरकारी अधिकृत हुन् । उनी अहिले जिल्लाबाहिर छन्
। ‘म कम्लरी बस्दा घरमालिकको यौन सम्पर्कबाट जन्मिएको ६ वर्षको छोरा छ,
जन्म दर्ता गरेको छैन । विद्यालयमा पढाउन समस्या छ’- उनले भनिन् – ‘म
छोराको भविष्यको बारेमा चिन्तामा छु । लालनपालनको समस्या छ, कसरी हुर्काउने
र कसरी पढाउने ?’
जिल्लामा यस्ता कुमारी आमाहरु तीनजना
रहेका छन् । सबैको कथा र व्यथा एउटै छ । यी मध्ये कसैलाई पनि मालिकले सहयोग
गरेका छैनन् । यद्यपि उनलाई भने सुत्केरी खर्च भनेर अधिकारकर्मीको पहलमा
ती सरकारी अधिकारीले डेढ लाख रुपैयाँ दिएका थिए ।लामो समयसम्म अर्काको घरमा
कम्लरी बसेका युवतीहरुले त्यति बेलाको पीडा अहिले पनि भोगिरहेका छन्
। पश्चिम नेपालका तराईका ६ जिल्लाका पूर्वकम्लरीले त्यसको पीडा भोगिरहेको
बताएका छन् । विभिन्न शोषणमा परेका पूर्वकम्लरीहरुले आफनो पीडा अहिले बढ्दै
गएको बताएका छन् । केही घटना भने आर्थिक लेनदेनमा मिल्ने गरेका छन् । केही
पैसा दिएर घटना बाहिर नल्याउन दबाब दिने गरेको उनीहरुले बताएका छन् ।
|
0 comments
Write Down Your Responses