यी हुन् १९ औँ सताब्दीमा जन्मेका एकमात्र जिउँदा पुरुष
यो पृथ्वीमा १९ औँ शताब्दीमा जन्मेकामध्ये
अहिलेसम्म कतिजना लोग्नेमान्छे जिउँदै होलान् ? के तपाइँ पत्याउनुहुन्छ ?
अंग्रेजी पात्रो अनुसारको १९ औँ सताब्दीमा विश्वमा जन्मेका मध्ये अहिले
केवल १ जना मात्र पुरुष जिवित छन् । ती व्यक्ति नै अहिले विश्वका सबैभन्दा
बढि उमेरका मान्छे हुन् ।
जापानका ११६ वर्षका जिरोइमोन किमुरा १९ औँ
सताब्दीमा जन्मेका अहिलेका एकमात्र जिवित पुरुष हुन् । जेरोन्टोलोजी
रिसर्च ग्रुपका अनुसार सन् १९०१ को नयाँ वर्षको दिन अघि जन्मेका महिला भने
विश्वमा अहिलेपनि २१ जना छन् ।
किमुराका ५ जना छोराछोरी, १४ जना
नातिनातिना, २५ जना पनाती पनातिना र १३ जना खनाती खनातीना छन् । किमुरा
आफ्नी ८३ वर्षकी जेठी बुहारी र ५९ वर्षकी नातिनी बुहारी सँग क्योटोमा बस्दै
आएका छन् । किमुराको जन्म १८९७ अपि्रल १९ तारेखका दिन भएको थियो ।
|
0 comments
Write Down Your Responses