कुखुरालाई कट्टु
घरमा पालेको कुखुराले जहाँपायो त्यहीँ
दिसा गरेर कुखुरा पाल्नेहरु हैरान हुनुभएकै छ होला । के गर्नु, पैसा कमाउने
भाँडो भएपछि अलिकित दुख त सहनै पर्यो । कुखुराले आची गरेर हैरान भएरै होला
अमेरिकाको लस एन्जल्सस्थित क्लारेमन्टका एक किसानले कुखुरालाई कट्टु
लगाइदिएकी छिन् ।
पोल्ट्री व्यवसाय गरेकी किसान जुली बेकरले
कुखुराको लागि कट्टु (डाइपर) को आविष्कार गरेकी हुन् । पोल्ट्री प्रदर्शन
समुदायकी सदस्य रहेकी जुलीले कुखुराको प्रदर्शनीका लागि निकै उपयोगी हुने
कट्टु तयार पारेकी छिन् । यो कट्टु कुखुराको पुच्छरको प्वाँखमा बाँधिनेछ
त्यसपछि कुखुराको आची जहाँपायो त्यहीँ खस्न पाउनेछैन । अझ त्यो कट्टु
मेसिनले धुन पनि सकिनेछ ।
उनले तयार पारेको कुखुराको कट्टुको
उपभोक्ताबाट अर्डर आइसकेको भन्दै त्यो कट्टु धेरैले मन पराउने दाबी समेत
गरेकी छिन् । यो कुखुरे कट्टुलाई अनलाइन मार्फत विक्रिमा राखिएको र यसको
मूल्य प्रतिगोटा साढे १२ डलर रहेको बताइएको छ ।
|
0 comments
Write Down Your Responses