बन्दकर्ताद्वारा पत्रकार रेग्मीमाथि हातपात
२ असार, काठमणडौ । कारोवार दैनिकका पत्रकार समीर रेग्मीमाथि वन्दकर्ताले हातपात गरेका छन् । आइतवार विहान थानकोटवाट कार्यालयतर्फ आउदै गर्दा रेग्मीमाथि कलंकीमा बन्दकर्ताहरुले हातपात गरेका हुन् । बन्दकर्ताहरुले पत्रकार रेग्मीमाथि दुव्र्यबहार गर्दै उनी सवार बा २० प ७६३२ नम्बरको मोटरसाइकलमा तोडभोड गरी क्षति पुर्याएका छन् । यसैवीच नेपाल पत्रकार महासंघ कारोबार प्रतिष्ठान शाखाले एक विज्ञप्ति जारी गरी रेग्मीमाथि भएको हातपातको निन्दा र घोर भत्र्सना गरेको छ । ‘प्रेस प्रतिनिधि भएको जानकारी दिंदादिंदै बन्दमा मोटरसाईकल किन चलाएको भन्दै रेग्मीमाथी गरेको आक्रमणले बन्दकर्ताले शान्तिपुर्ण हुने बन्दमा पत्रकार, मानवअधिकारवादी, एम्वुलेन्सलगायत अत्यावश्यक सवारी साधन सञ्चालनमा रोक नलगाउने प्रतिवद्धता उल्लघंन गर्नुलाई जतिनै भत्र्सना गरेपनि थोरै हुन्छ, शाखाका अध्यक्ष लोकवहादुर चापागाईद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘ शाखाले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र उचित क्षतिपूर्ति दिलाउन सरकारसंग माग समेत गरेको छ ।भिडियोको लागी तल क्लिक गर्नुहोला
|
0 comments
Write Down Your Responses