निजामतिमा १५ हजार नयाँ दरबन्दी थपिने

६ असार, काठमाण्डौं । निजामति सेवामा १५ हजार नयाँ दरबन्दी थप्ने गृहकार्य भएको छ । विशेष बढुवा भएका कर्मचारीलाई समायोजन गर्न सरकारले नयाँ दरबन्दी थप्ने गृहकार्य थालेको हो ।

निजामती सेवा ऐनको दफा २४ घ (१) अनुसार विशेष बढुवा भएका १५ हजार कर्मचारीलाई हाल सम्बन्धित मन्त्रालयमा नै पुल दरबन्दीमा राखिएको छ । उनीहरुले पदअनुसारको जिम्मेवारी पाएका छैनन् । उनीहरुलाई समायोजन गरेर एक बर्षपछि विशेष बढुवा व्यवस्था खारेज गर्ने निर्णय यसअघि नै भएको छ ।

ऐनको तेस्रो संशोधनमा विशेष बढुवा भएका कर्मचारीलाई ऐन जारी भएको मितिले एक महिनाभित्र पुल दरबन्दीमा राख्नुपर्ने र चार महिनाभित्र पूर्ण दरबन्दी सिर्जना गरी पदस्थापना प्रक्रिया थाल्नुपर्ने व्यवस्था रहेको नयाँ पत्रिकामा खबर छ । संशोधित ऐन २८ चैतमा जारी भएको थियो । अब सामान्य प्रशासन मन्त्रालयले २८ साउनसम्मा उनीहरुलाई पूर्ण दरबन्दीमा समायोजन हुनेगरी दरबन्दी स्वीकृत गर्नुपर्ने हुन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.