भिडियो च्याट गरिरहँदा श्रीमतीद्धारा आत्महत्या, श्रीमान् निरिह

९ जेठ, एजेन्सी । श्रीमानसँग भिडियो च्याट गरिरहेका बेला श्रीमतीले पासो लगाएर आत्महत्या गरेकी छिन् । श्रीमतीले आत्महत्या गरेको श्रीमानले टुलुटुलु हेर्नु बाहेक अन्य केहि गर्न सकेनन् । 
२७ वर्षिय ती युवती माइतमा बस्दै आएकी थिइन् । उनका घरका मानिसले दाइजो नल्याएको भन्दै दु:ख दिन थालेपछी माइत पुगेकी ती युवतीले पतिसँग कुराकानी गर्दै गर्दा आत्महत्या गरेकी थिइन् । 
पतिसँग दाइजो तथा जीवनका विषयमा कुरा गरिरहँदा श्रीमानले राम्ररी कुरा नगरेपछि विरक्तिएकी पत्नीले आत्महत्या गरेकी थिइन् । वेवक्याम अन गरेरै उनले आत्महत्या गरिन् तर उनका पतिले केहि गर्न सकेनन् । 
ती युवतीका पतिले पत्नी आत्महत्या गर्न लागेको देखेपछी युवतीका परिवारलाई खबर गरेपनि उनीसम्म समयमा कोही पुग्न सकेनन् । 
पतिका परिवारले युवतीको परिवारसँग करिब ३२ लाख बराबरको दाइजो मागेका थिए । 
प्रहरीले घटनालाई दाइजो मुद्दा अन्तरगत दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.