फर्जि भर्ना गरेर एक करोड खेर गयो

१९ जेठ, काठमाण्डौं । विद्यार्थी हकहितमा काम गर्ने विद्यार्थी संगठनले स्ववियु चुनावका लागि राजधानीका केही मुख्य क्याम्पसमा मात्रै एक करोड रुपैयाँ भन्दा बढी लगानी गरेको भेटिएको छ । तीन ठूला राजनीतिक दल एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमालेनिकट विद्यार्थी संगठनले स्ववियु चुनावका लागि राजधानीका आधा दर्जन क्याम्पसमा विद्यार्थी भर्नामा मात्रै एक करोडभन्दा बढी लगानी गरेका छन् । प्रचारप्रसार, तुलव्यानर र पर्चापम्प्लेटको खर्च छुट्टै भएको आजको अन्नपूर्ण पोष्ट र नागरिक दैनिकमा खबर छ । कुनै पेसाव्यवसाय नभएका विद्यार्थीसँग स्ववियु ुचनावका लागि यति ठूलो रकम कहाँबाट आउँछ ? राजधानीका क्याम्पसमा सबैभन्दा बढी लगानी गरेको आरोप लागेका अखिल क्रान्तिकारीका हिमाल शर्मा चुनावमा हुने खर्चलाई ठूलो मान्न नहुने बताउँदछन् । ‘संविधानसभा निर्वाचनका लागि सकारात्मक सन्देश दिन हामीले स्ववियु निर्वाचन गर्नै पर्छ,’ शर्माले भने ‘यसका लागि चाहिलने खर्च पार्टी र अरु स्रोत परिचाल गरेर जुटाउँछौं । निर्वाचनका लागि एउटा संगठनले एक क्याम्पसमा ५० लाखभन्दा बढी खर्च गरेको देखिएको छ । नेविसंघका बलदेब लिमल्सिनाले आफ्नो संगठनले देशभरका कलेजमा भर्ना गराउन ५० लाख रुपैयाँ खर्च गरेको स्वीकार गरेका छन् । चुनावको प्रचार, प्रसार, पर्चा, घोषणापत्र, स्वागत कार्यक्रम लगायतमा २५ लाख गरी कूल ७५ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए । त्यस्तै अनेरास्ववियु अध्यक्ष माधब ढुंगेलले विद्यार्थी भर्ना र चुनाव प्रसारप्रचारमा १५ लाख खर्च भएको बताए । ‘शैक्षिक संस्था, कलकारखाना, व्यापारी र व्यक्तिगत चन्दा सहयोगबाट रकम जुटाइएको हो,’ ढुंगेलले भने ‘चुनाव स्थगनले ठूलो क्षति पुग्यो ।’ विद्यर्थी संगठनले खर्च गरेको रकमका बारेमा भने समान धारणा राखेका छन् । उनीहरुले फर्जी भर्ना लगायतका कामका लागि खर्च गरेको रकम चन्दा संकलनबाट आएको दाबी गरेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.