मधुलाई बधू बनाउने यस्तो छ राजेश हमालको योजना

२५ जेठ काठमाडौं । नायक राजेश हमालको विवाहको विषयमा बजारमा चल्दै आएको बहस अन्ततः सकिने छनक देखिएको छ । कति फ्यानहरुले राजेश हमालसँग बिहे गर्न पाऊँ भनेर वर्षौंदेखि धूप हालिरहेका बेला हमालले मिडियामा सार्वजनिक भएकी धरानकी मधु भट्टराईलाई नै बधू बनाउने भएका छन् ।
पछिल्लो समय प्रेमिकाको विषयमा खुलेरै कुरा गर्न थालेका नायक हमालले अब चाँडै बिहे गर्ने खुलासा गरेका छन् । युवा ज्योतिष हरिहर अधिकारीले दुई वर्षपछि बिहे गर्दा राम्रो हुन्छ नभनिदिएको भए सायद यतिबेला हमालको घरजम भैसक्थ्यो । तर, अब नायक राजेश हमाल सन् २०१४ को सुरुवातसँगै घरजम बसाउने तयारीमा लागेका छन् ।

हमाल कुनै एकान्तस्थलमा परिवारका केही सदस्य र पत्रकारका साथमा मधुलाई आफ्नो बनाउने तयारीमा छन् । यो विषयमा अनलाइनखबरसँग कुरा गर्दै नायक हमालले आफूलाई एकान्त मनपर्ने भएकाले एकान्तमै बिहे गर्ने तयारी गरेको बताए । ‘ठाउँ अहिले नै तय भैसकेको छैन । तर म एकान्त खोज्दै छु ।’- नायक हमालले अनलाइनखबरसँग भने- ‘म भव्य तबरले नाटक गरेर बिहे गर्ने सोचमा छैन । साधारण तर अनौठो तबरले बिहे होस् भन्ने चाहना छ ।’
हमालका आफन्त र दिदीहरु अमेरिकामा भएकाले पनि बिहेका लागि केही ढिलाइ भएको हो । चर्चित नायक हमालले भने- यो वर्षभित्र जसरी पनि बिहे गर्छु । तर, यस्तो कुरामा पारिवारिक सल्लाह पनि लिनुपर्ने रहेछ ।’
मंसिरपछि बिहे गर्नुका दुई कारण
नायक हमालले आफ्नो बिहेलाई यो बर्षको अन्तिममा सार्नुका पछाडि दुईवटा कारण छन् । एक त ज्योतिषले सन् २०१४ मा मात्र बिहे गर्नु भनेका छन् । यसैले पुस सकिएपछि मात्रै सन् २०१४ लाग्नेछ । दोस्रो, हमालका दिदीहरु केही समयअघि मात्रै नेपाल आएकाले पुनः अमेरिकाबाट आउन माघसम्म पर्खनुपर्ने बाध्यता छ ।
madhu 
त्यो फोटो मधुकै हो
सञ्चारमाध्यममा केही महिनादेखि एक तस्बिरलाई नायक राजेश हमालकै प्रेमिका भन्दै सार्वजनिक गरिएको छ । तर, यो बिषयमा हमालले मुख खोलेका थिएनन् । तर, अनलाइनखबरसँग बिशेष कुरा गर्दै राजेशले बजारमा आएको तस्बीर मधुकै भएको बताए । हमालले भने- ‘तपाईले कुन तस्बीर हेर्नुभयो मलाई थाहा छैन, तर बजारमा आएका केही तस्बीर मैले पनि हेरेको छु, जुन मधुको नै हो ।
कसरी हुँदैछ बिहेको तयारी ?
नायक राजेश हमाल बिहे कसरी गर्ने भन्नेमा अझै पनि दोधारमा नै छन् । तर, उनका निकटस्थहरु भने हमाललाई विभिन्न खालका सुझाव दिइरहेका छन् । हमालनिकट स्रोतका अनुसार, हेलिकोप्टर चार्टर गरेर राराताल या मुक्तिनाथ पुगेर उनको बिहेको तयारी गर्न लागिएको छ । हमालले एकान्त ठाउँ रुचाउने भएकाले पनि उनको परिवार काठमाण्डौ बाहिरको कुनै राम्रो स्थल रोज्ने तयारीमा छ । तर, यो बिषयमा हमाल भन्छन्- ‘काठमाण्डौ या मोफसल जहाँ गरे पनि आखिर नेपाल नै हो नि, हैन र ?’
अनौठोतबरले बिहे गर्न खोजेका हमाल विवाहको पार्टी भने निक्कै भव्य दिने योजनामा छन् । बिहेको दिन केही पत्रकार र आफन्तलाई हेलिकोप्टरमा राखेर हमाल काठमाण्डौ बाहिर जाने तयारीमा छन् । चलचित्रकर्मी र आफूनिकटका साथीहरुलाई भने पनि बिहेको केही दिनपश्चात काठमाण्डौमा भोज खुवाउने बताइएको छ
भिडियोको लागी तल क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.