साहरुख र ऋतिकलाई लिएर सिनेमा बनाउँदै राकेश रोशन

चलचित्र ‘करण अर्जुन’, ‘कोइला’, ‘किङ अंकल’ जस्ता सिनेमामा साहरुखलाई लिएर काम गरेका चर्चित निर्देशक राकेश रोशनले छोरा ऋतिक रोशन बलिउडमा प्रवेश गरेसँगै अन्य नायकसँग काम गरेका छैनन् ।राकेशलाई मनपर्ने नायक साहरुख खान हुन् । सन् २००० मा ‘कहो ना प्यार हे’ निर्देशन गरेसँगै साहरुख र राकेश रोशनको सँगै काम गर्ने अवसर मिलेको छैन । यतिबेला राकेश रोशन साहरुखलाई केन्द्रविन्दुमा राखेर एउटा सिनेमा लेख्दै छन् । जुन सिनेमामा साहरुख र ऋतिकलाई सँगै काम गराउने चाहना उनको छ । आफ्नो नयाँ चलचित्र ‘क्रिस ३’ को प्रदर्शन दिन नजिक आएपछि राकेश प्रचारका लागि जुटेका छन् । चलचित्रको प्रोमो साहरुख खानको नयाँ चलचित्र ‘चेन्नाई एक्सप्रेस’सँगै सार्वजनिक गरिने बताइएको छ । एक कार्यक्रममा आफ्नो मुख खोल्दै राकेशले भने, ‘म साहरुखलाई ध्यानमा राखेर नयाँ कथा लेख्दै छु, आशा छ किङ खानले मेरो प्रस्तावलाई स्विकार गर्ने छन् ।’ बलिउडमा साहरुख र ऋतिक निक्कै नजिकका साथी मानिन्छन् । यसैले पनि साहरुख र ऋतिकलाई पुन एकपटक पर्दामा हेर्न चाहने विश्वका दर्शकका लागि यो खबरले खुशी बनाउन सक्छ । साहरुख र ऋतिकले ‘कभी खुशी कभी गम’मा सँगै काम गरेका थिए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.