६५ बर्षे बुढी आमैलाई ७५ बर्षे बाजेले जबर्जस्ती श्रीमती बनाउन खोजेपछि ....

४ असार, ओखलढुंगा । सदरमुकामनजिकको बेतनी गाविस १ की ६५ बर्षीया इन्द्रकुमारी धमलाले आफूलाई जबर्जस्ती पत्नी बनाउन खोजेको भन्दै आइतबार महिला तथा बालबालिका कार्यालयमा उजुरी दर्ता गराएकी छिन् । उनले उजुरीमा छिमेकी गाविस सल्लेरी ३ का एक ७५ बर्षीय वृद्धले जबर्जस्ती पत्नी बनाउन खोजेको जनाएकी छिन् । आफूलाई बैठक भएको भन्दै बोलाएर सल्लेरी ३ का बृहस्पति बास्तोलाले जबर्जस्ती पत्नी बनाउन खोजेको धमलाको दाबी छ । उनले सल्लेरी ३ का स्थानीय पृथबिहादुर तामाङको घरमा गुठीको बैठक भएको भन्दै आफूलाई बोलाई जबर्जस्ती पतिपन्तीको नाता कायम गरिदिन खोजेको आरोप लगाएको नयाँ पत्रिकामा खबर छ । कार्यालयमा उजुरी दर्ता भएपछि आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको महिला विकास अधिकृत सत्यदेवी अधिकारीले जानकारी दिइन् । केही बर्षअघि धमलाको श्रीमान्को मृत्यु भएको थियो ।table width="600" cellspacing="0" border="1">

0 comments

Write Down Your Responses

Powered by Blogger.