पानी पर्ने क्रम अझै रोकिएन, झरी पश्चिमबाट पूर्वतिर सर्दै

४ असार, काठमाडौं । मनसुन लगत्तै शुरु भएको भारी वर्षा अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुनेछ । मंगलबार बेलुकीदेखि भने झरी पश्चिमबाट पूर्वतिर सर्ने मौसमविदले बताएका छन् । महाकाली नदीमा आइतबारदेखिको बाढी केही कम भएपनि खतरा टेरको छैन । दार्चुलामा सरकारी र निजी गरी ५९ घर बाढीले बगाइसकेको छ । भारत आवतजावत गर्ने झोलुंगे पूल पनि भत्किएको छ । कञ्चनपुर, बाँके, नवलपरासी लगायतका दर्जनौं वस्ती डुबानको चपेटामा परेका छन् । यसैबीच बैतडीको सिद्धेश्वरमा पहिरोले पुरिएर ५ जनाको मृत्यु भएको छ । स्थानीय रामसिंह ऐरीको घर बगाएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.